महाराष्ट्र । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरू २० प्रदेश सांसदहरू पनि संक्रमित भएको जानकारी दिए ।
उनले कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनुपर्नेमा जोड दिए । सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्र्याइँ गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ ।
उनले भने, “कृपया सरकारको आग्रहलाई पालना गरिदिनुहोला । आफ्नै पनि सतर्कता अपनाउनुहोला, नत्र अवस्था भयावह हुनसक्छ ।”
महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरूसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए ।
भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका संक्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् । रासस/एएनआई