site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उतार–चढावबीच नेप्सेमा सामान्य गिरावट, कारोबार रकम तीन अर्बमा झर्‍यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ ।

एक सातासम्म लगातार बढेर सोमबार ६९ अंकको गिरावट भएको नेप्सेमा मंगलबार दिनभर उतार–चढावबीच २.६६ अंकले घटेर २५१८.९९ अंकमा बन्द भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बजार परिसूचकमा समान्य गिरावट भए पनि कारोबार रकम भने सोमबार साढे पाँच अर्बमाथि पुगेकोमा आज तीन अर्बमा सीमित भएको छ । आज नेप्सेमा ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १२ करोड ५५ लाख ७६ हजारको कारोबार भएको छ ।

कारोबार रकममा हिमालयन डिस्टिलरीले लिड गरेको छ । कम्पनीको २६ करोड करोडको सेयर कारोबार हुँदा नबिल बैंकको २५ करोडको कारोबार भएको छ ।

Global Ime bank

नेप्सेमा आज सामान्य गिरावट भए पनि व्यापार, विकास बैंक, वित्त कम्पनी हाइड्रोपावर, उत्पादनमूलक र अन्य उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङसहित बिमा उपसूचकमा भने गिरावट भएको छ ।

आज नेप्सेमा १९० कम्पनीको सेयर किनबेच हुँदा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको  सेयर मूल्य भने स्थिर रह्यो ।

कारोबार भएकामध्ये मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स कम्पनीको  सेयर मूल्य ५.३६ प्रतिशत, जानकी फाइनान्सको सेयर मूल्य ४.८५ प्रतिशत र  गुडविल फाइनान्सको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले गिरावट हुँदा समालिङ पावरको ६.०४ प्रतिशत र  मैलुङखोला जलविद्युत् कम्पनीको ४.८८ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय