site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश–२ मा नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन (नामसहित)
SkywellSkywell

जनकपुरधाम । प्रदेश नम्बर–२ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ ।

Dabur Nepal
NIC Asia

दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको छ । समितिले आवश्यक परे स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल पनि गर्न सक्ने सभामुख यादवले बताए ।

समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ । सोही प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ । सहमति नजुटे प्रदेशसभामा निर्वाचन प्रक्रियाबाट नाम र राजधानी तय हुने बताइएको छ ।

यसअघि, दुईपटक नाम र राजधानीको प्रस्ताव दुईतिहाइ नपुग्दा असफल भएको थियो ।

यी हुन् समितिमा रहेका प्रतिनिधिहरू–
१. सभामुख सरोजकुमार यादव – सभापति
२. उपसभामुख उपमा देव – उपसभापति
३. उपेन्द्रप्रसाद कुशवाहा – सदस्य
४. किशोरी साह (कमल) – सदस्य
५. जगतप्रसाद यादव – सदस्य
६. दिलीपकुमार साह – सदस्य
७. परमेश्वर साह – सदस्य
८. विन्देश्वरप्रसाद यादव – सदस्य
९. शत्रुधन महतो – सदस्य
१०. शारदादेवी थपा – सदस्य
११. शिवचन्द्र चौधरी – सदस्य
१२. शैलेन्द्रकुमार यादव – सदस्य
१३. सञ्जयकुमार यादव – सदस्य
१४. सावित्रीदेवी साह – सदस्य
१५. सुन्दरबहादुर विश्वकर्मा – सदस्य
१६. सुरीता साह – सदस्य

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro