site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला भलिबल टोली च्याम्पियन
फाइल तस्बिर ।

काठमाडौं । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।

मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ ले हरायो ।

पहिलो सेटमा उज्वेकिस्तानले १८ अंकसम्म अग्रता लिएको थियो । नेपालले १८–१८ को बराबरी गर्‍यो । त्यसपछि रोमाञ्चक बनेको सेटमा नेपालले २६–२४ को स्कोरमा नतिजा आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुबाटै अग्रता लिएको थियो । एक समय २१–१६ को स्थिति थियो । त्यसपछि २३–१९ को स्थितिमा उज्वेकिस्तानले रातो कार्डको सामना गरेपछि नेपालले एक अंक बोनस पाएको थियो । सर्भिस नेपालको पक्षमा आएको थियो ।

२३–२० को स्थितिबाट नेपालले लगातार अंक जोड्दै २३–२३ को स्थिति बनायो । तर, दोस्रो सेटमा नेपाल २६–२४ ले पराजित भयो ।

तेस्रो सेटमा नेपालले २५–१५ को सहज जित निकाल्दै २–१ को अग्रता लियो । चौथो सेटमा उज्वेकिस्तानले २५–२२ ले जित्दै २–२ को बराबरी गर्‍यो । अन्तिम तथा निर्णायक सेटमा नेपालले उज्वेकिस्तानलाई १५–११ ले जित्दै उपाधि रक्षा गरेको हो ।

नेपालले लिग चरणमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणमा नेपालले श्रीलंकासँगबाहेक अन्य कुनै पनि टोलीसँग अंक गुमाएको थिएन ।

प्रतियोगितामा महिलातर्फ नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका, उज्वेकिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरेका थिए । नेपालले लिग चरणमा पनि सबै टोलीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले पहिलो खेल श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने बाँकी सबै टोलीलाई ३–० को सोझो सेटमा हराएको थियो ।

नेपालले फाइनल खेलेको यो लगातार दोस्रो प्रतियोगिता हो । बंगलादेशमै सम्पन्न गत संकस्करणको उपाधि जितेपछि नेपालले काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)को पनि फाइनल खेलेको थियो । तर, फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

सेन्ट्रल जोन भलिबलको गत संस्करणमा भने नेपालले फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले हराउँदै उपाधि पक्का गरेको थियो । नेपालकी प्रतिभा माली प्रतियोगिताको ‘बेस्ट स्पाइक’ घोषित भइन् भने कप्तान अरुणा शाही ‘बेस्ट सेटर’ बनेकी थिइन् ।

पाँच राष्ट्र सम्मिलित प्रतियोगिताभर नेपालले कुनै पनि सेट गुमाएको थिएन । त्यति बेला प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानको सहभागिता थियो ।

श्रीलंका तेस्रो
आजै सम्पन्न खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल ग¥यो । श्रीलंकाले कीर्गिस्तानलाई २६–२४, २५–१६, २५–२१ को स्कोरमा पराजित गर्दै तेस्रो स्थान पक्का गरेको हो ।

यसअघि, समूह चरणको अन्तिम खेलमा श्रीलंका नेपाल र उज्वेकिस्तानसँग समान ३–२ को सेटमा पराजित भएको थियो । कीर्गिस्तान नेपाल, उज्वेकिस्तान र श्रीलंकासँग पराजित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro