site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनगणनामा रौनियार जात सूचीकृत गरिदिन माग 

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले हालै सम्पन्न गरेको १२ औं राष्ट्रिय जनगणनामा रौनियार जातिको नाम सूचीकृत गराउन माग राखेका छन् । आज बिहान नेपाल रौनियार महासंघले विज्ञप्ति बुझाउदै केन्द्रीय तथ्याङ्क विभागको ध्यानाकर्षण गराएको हो ।

महासंघका केन्द्रीय महासचिव श्रवण कुमार रौनियारको नेतृत्वमा टोलीले आज विभागका महानिर्देशक नेबिल कुमार श्रेष्ठलाई रौनियार सूचीकृत सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाउदै भने, “हालसम्म तथ्याङ्क विभागले सञ्चालन गर्ने राष्ट्रिय जनगणनामा कहिल्यै सूचीकृत गरेको छैन । यस पटक सूचीकृत गर्न माग गर्छौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

रौनियारलाई मारमाडी समूहमा राखेर जनगणना हुँदै आएको छ । परापूर्वकालदेखिनै देशभरि करिब तीन लाखको हाराहारीमा रौनियार जातिको बसोबास नेपालमा छ । 

“देशमा बाक्लो उपस्थित रहेको रौनियार जाती, जातीको सूचीमा उल्लेख नहुनुले हामी हाम्रो पहिचा तथा अवसर दुबैबाट बन्चित पारिएका छौं,” महासचिव श्रवण रौनियारकले थप्छन्, “१२ औं जनगणनाबाट निष्पक्ष गणना गरी रौनियार जातलाई सूचीकृत गरी जातको कोड निर्धाण गरिदन हामी माग गर्छौँ ।”

ज्ञापनपनत्र बुझ्दै महानिर्देशक श्रेष्ठले संविधानले नै सबै जातजातिको पहिचानको नैसर्गिक अधिकार सुनिश्चित गरेको बताउँदै यस पटकको जनगणनामा प्राप्त तथ्याङ्क अनुसार कुनै पनि जानजातीलाई सूचीकृत हुनबाट बन्चित नपारिने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro