site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हिमपहिरोको जोखिमको सम्भावनाको सूचना छैन’
फाइल तस्बिर ।

काठमाडौं । सोलुखुम्बुमा भूकम्पले क्षति पुर्‍याएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सगरमाथा राष्ट्रिय निकुञ्जको थामेस्थित प्रवेशद्वार सामान्य  चर्किएको बाहेक अन्य जानकारी नआएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिए । 

“अन्य ठाउँमा भौतिक तथा मानवीय क्षतिको सूचना हालसम्म आएको छैन,” प्रजिअ घिमिरेले बाह्रखरीसँग भने । 

पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पनि पर्यटक नरहेको उनले जानकारी दिए । 

“हालसम्म कतै हिमपहिरो गएको र जाने जोखिम रहेको सूचना राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रबाट पनि आएको छैन,” उनले भने, “हामी केन्द्रसँग निरन्तर सम्पर्कमा छौँ । अहिलेसम्म कुनै त्यस्तो सूचना आएको छैन ।” 

आज बिहान ६ : ५० बजे तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro