site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिब्बत भूकम्पबाट नेपालमा पनि सामान्य क्षति, सिन्धुपाल्चोकमा प्रहरी चौकीको भवन चर्कियो

काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पबाट नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पबाट ओखलढुंगामा एउटा माटोको घर चर्किएको नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार, संखुवासभामा टिनको छाना भएको एउटा घरमा सामान्य क्षति पुगेको छ । रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । यस्तै, सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ ।

उनका अनुसार, बारामा ११ विद्यार्थी बेहोस भएका छन् । तर, उनीहरूको अवस्था अहिले सामान्य छ ।

यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिलेले छतबाट हाम फालेका छन् । उनको दुवै खुट्टामा चोट लागेको प्रवक्ता अधिकारीले बताए । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

"खासै क्षति भएको छैन । अहिलेसम्म केही ठाउँमा सामान्य क्षति भएको जानकारी पाएका छौँ । हामीले विवरण संकलन गरिरहेका छौँ," अधिकारीले भने ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro