site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बारामा ११ विद्यार्थी बेहोस, काठमाडौंमा एक जनाले छतबाट हाम फाले

काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पको सामान्य असर नेपालमा पनि देखिएको छ । प्रहरीका अनुसार, काठमाडौंको स्युचाटारमा एक व्यक्तिलेले छतबाट हाम फालेका छन् । 

नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीका अनुसार, छतबाट हाम फालेका व्यक्तिको दुवै खुट्टामा चोट लागेको छ । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार, बारामा ११ विद्यार्थी बेहोस भएका छन् । तर, उनीहरूको अवस्था अहिले सामान्य छ ।

"खासै क्षति भएको छैन । अहिलेसम्म केही ठाउँमा सामान्य क्षति भएको जानकारी पाएका छौँ । हामीले विवरण संकलन गरिरहेका छौँ," अधिकारीले भने ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro