site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
‘मुन्द्रेको कमेडी क्लब’ लिएर पुनः आउँदै जितु 
SkywellSkywell

काठमाडौं । हास्य कलाकार जितु नेपाल पुनः टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । मुन्द्रेको कमेडी क्लब बन्द गरेका उनी पुनः टेलिभिजन कार्यक्रम लिएर आउन लागेका हुन् । 

“मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले पुनः आफ्नो कर्मतिर लाग्दै छु । हिजोका केही  कमीकमजोरीहरुलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहित आउन लागेकाे छु,” उनले बाह्रखरीसँग भने, “नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित आउने छौं ।”

Dabur Nepal
NIC Asia

कार्यक्रममा नयाँ पात्र समावेश हुने बताएका उनले दिनेश डि.सी.ले कार्यक्रम निर्देशन गर्ने जानकारी दिए । कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति पनि फरक हुने बताएका जितुले भनेका छन्, “मुन्द्रे केही आत्तिएला तर मात्तिने छैन । मुन्द्रेले धेरै हसाउन नसक्ला तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला तर नराम्रो गर्ने छैन ।”

दर्शकले दिएको मायाप्रति अनुग्रहीत हुँदै उनले भने, “हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो– मुन्द्रे बनाईदिनु भयो । हजुरहरुले बनाएको मुन्द्रे निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त ? त्यसैले अब आउँछ ‘मुन्द्रे’ आफ्नो क्लब लिएर हजुरहरुको माझमा ।” 
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro