site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला भलिबल टोलीको लगातार तेस्रो जित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा लगातार तेस्रो जित निकाल्ने क्रममा शनिबार बिहान आयोजक बंलादेशलाई ३–० को सोझो सेटमा हराएको छ छ । 

बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा घरेलु टोलीले नेपाललाई कुनै पनि चुनौती पेस गर्न सकेन । नेपालले बंगलादेशलाई २५–५, २५–१५, २५–१७ को स्कोरमा पराजित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

साबिक विजेता नेपाली महिला टोलीको यसअघि बिहीबार श्रीलंकाविरुद्ध उत्कृष्ट पुनरागमनमा ३–२ सेटको विजय हासिल गरेको थियो । शुक्रबार सम्पन्न दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

नेपाली महिला टोलीले अब आइतबार उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement