काठमाडौं । अटोमोबाइल ब्रान्ड स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो ।
एमएडब्लूले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो । स्कोडाको नयाँ सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरे ।
उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम ल्याएको एमएडब्लु स्कोडाका रौनक अग्रवालले बताए ।
स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्ने भएको छ । ‘यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउनने हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक चुडामणि पौडेलले बताए ।