site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारप्रति प्रचण्डको टिप्पणी– चुनावी रणनीति कि सुनियोजित ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका  अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेको टिप्पणीका कारण अघिल्लो साता सेयर बजारमा नराम्रोसँग प्रभाव पर्‍यो ।

एकसाता अघि एक कार्यक्रमलाई उद्घाटन गर्दै प्रचण्डले सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रुप’ भने ।

पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका एक प्रभावशाली नेता, उनकै पार्टीका नेता अर्थमन्त्री रहेका बेला प्रचण्डको यो टिप्पणी सुनियोजित भएको निष्कर्ष लगानीकर्ताको देखियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जसको  प्रभाव साताभर देखियो ।  गत साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक नेप्सेमा ८७ अंक र दोस्रो कारोबार दिन सोमबार ७९ अंकको उच्च गिरावट भयो । तर मंगलबार सेयर बजारमा  अनपेक्षित ‘बाउन्स ब्याक’ हुँदा कारोबार समय नसकिँदै १३७ अंक (६ प्रतिशत) ले वृद्धि भएपछि बन्द भयो । बुधबार ४ अंकको  समान्य गिरावट भएको नेप्से बिहीबार ३७ अंकले गिरावट भएर बन्द भयो । 

प्रचण्डको अभिव्यक्ति सेलाउन के खोजेको थियो विज्ञप्ति नै जारी गरेर उनी आफ्नो भनाइमा अडिग रहेको र विवेकपूर्ण तरिकाले भनाइ राखेको थप प्रष्ट पारे ।

Global Ime bank

पछि समग्रमा साताभार नै सेयरबजार प्रभावित बन्यो । उक्त उतारचढावले गर्दा केही लगानीकर्ताले नाफा कमाए पनि अधिकांस लगानीकर्ताले नोक्सान बेहोर्नुपर्‍यो ।

उनले  धितोपत्र भनेको  साम्राज्यवादको विकासित रुप भएको  बताए पनि चौतर्फी आलोचना भएपछि सहयोगी रमेश मल्लले सामाजिक सञ्जालमार्फत  प्रचण्डको  भनाई सैद्धान्तिक रुपमा सहि रहेको तर माओवादी  लाखौं साना लगानीकर्ताको संरक्षणमा प्रतिवद्ध रहेको भन्दै स्पष्टीकरण दिने प्रयास गरे । 

तर यतिमा पनि प्रचण्डको आलोचना रोकिएन । पुस १ गते प्रचण्डले विज्ञप्ति जारी गर्दै  पुँजीवादको चरित्रबारे आफुले गरेको  विश्लेषण सहि रहेको दाबी गरे भने तर लाखौँ सेयर लगानीकर्ताको हितको पक्षमा आफु रहेको बताए ।

“आजको पूँजीवादको चरित्रवारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौँ लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु,” प्रचण्डले  विज्ञप्तिमार्फत भनेका थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा अहिले सेयर लगानीकर्ताले  आगामी चुनावमा माओवादीलाई ‘नो भोट’ अभियान चलाइरहेका छन् । केही समय अगाडिदेखि नै  पुँजीबजार विरोधीलाई चुनावमा ‘नो भोट’ भनेर प्रचार भइरहेकोमा प्रचण्डको उक्त अभिव्यक्तिले  उक्त प्रचारलाई थप बल पुर्‍याएको विश्लेषकको टिप्पणी छ ।

पुर्वप्रधानमन्त्रीसमेत रहेका भइसकेको प्रचण्डले उक्त टिप्पणी अध्ययन गरेरै बोलेका हुन् अथवा  ‘पब्लिक सेन्टिमेन्ट’को लागि मात्रै हुन् त्यो अझै स्पष्ट हुन सकेको छैन ।

तर प्रचण्डले पार्टीका कार्यकर्तालाई उत्तेजित पार्न यस प्रकारका टिप्पणी गरिरहने उनलाई नजिकबाट बुझेका एकजना अर्थशास्त्री बताउँछन् । 

“कार्यकार्तालाई उत्तेजित बनाउन पार्टी बैठकमा एउटा भनाई राख्ने र बाहिर अर्कै बोल्ने उहाँको परम्परा हो,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “कार्यकर्ता आफुसँग राख्ने पनि त्यस्ता  प्रवृत्ति देखाउनुहुन्छ, उहाँले बुझेर भन्दा पनि नबुझी गरेको टिप्पणीको कुनै अर्थ र महत्व छैन ।”

मुलुकमा तिनै तहको चुनाव नजिकिँदै गर्दा कतिपयले प्रचण्डसँग आगामी चुनावमा  जनतासँग जाने कुनै एजेन्डा नहुँदा एउटा ‘फन्डामात्रै’ निकालेको बताउँछन् । 

सहरी क्षेत्रका नागरिकमा अब प्रचण्डको राजनैतिक फन्डा नपर्ने र सेयर बजारमा लगानी गर्ने नागरिक विशेषगरी सोही क्षेत्रका भएकाले त्योभन्दा बाहिर रहेका नागरिकलाई लक्षित  गर्दै प्रचण्डको उक्त अभिव्यक्ति आएको टिप्पणी उनको छ ।

प्रचण्डले  माओले  देख्न र विश्लेषण नपाएको  भुमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको विश्लेषण गर्ने जिम्मेवारी आएको बताएका थिए ।  उनले सेयर बजारलाई साम्राज्यवादको विकसित रुप भने पनि चिनियाँ शैली पछ्याइरहेका उनले बुझ्न नसकेको देखिन्छ ।  अहिले चीन विश्वकै ठूलो मध्येको एक सांघाई स्टक एक्चेञ्ज रहेको छ । चिनियाँ कयौं कम्पनी विश्वका  अन्य स्टक एक्सचेञ्जमा पनि सूचीकृत छन् । नेपालजस्तो सानो मुलुकका अहिले ४७ लाख जना सेयर बजारमा आवद्ध छन् । 

प्रचण्डले उनीहरु र उनीहरुको परिवारको भावनाविपरीत अभिव्यक्ति दिएको भन्दै अहिले लगानीकर्ताले आक्रोश व्यक्त गर्दै आएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नरसमेत रहे अर्थशास्त्री  डा. दिपेन्द्रबहादुर क्षेत्री भने प्रचण्डको टिप्पणी सैद्धान्तिकरुपमा ठिकै भएको बताउँछन् ।

क्षेत्रीले प्रचण्डले क्लासिकल प्रस्पेक्टिभमा ती कुरा भनेको बताउँछन् ।

“औद्योगिक क्रान्तिताका पुँजी उद्योगधन्दा, रोजगारी वृद्धि, कच्चा पदार्थ प्रयोग गर्ने, निर्यात, आन्तरिक खपत बढाउने उद्देश्यबाट प्रेरित थियो,” उनले भने, “त्यसले श्रमिकको संख्या बढायो, श्रमिकको संख्या बढेपछि ट्रेड युनियन बने,त्यसमा श्रमिकको शोषणका कुरा आएपछि राजनैतिक मैदान पनि बनेको थियो, तर अहिले पुँजी उपयोगको मोडालिटी बदलियो भन्ने हो ।”

यही कुरालाई इंगित गरेर प्रचण्डले भुमण्डलीकृत वित्तीय एकाधिकार साम्राज्यवाद भनेको क्षेत्रीको टिप्पणी छ ।

“भुमण्डलीकृत वित्तीय एकाधिकार साम्राज्यवाद भनेको जसरी हुन्छ धेरै नाफा लिन र पुँजीलाई केन्द्रिकृत गर्ने भन्ने हो । जस्तै अहिले बिटक्वाइन भन्ने छ, त्यसको दायित्व कसले लिने भन्ने नै छैन,” उनले भने, “तर पनि त्यसमा यति धेरै आकर्षण बढ्यो, त्यसले दबाब दिएर कतिपय सार्वभौम मुलुकले नै आफ्नै बिटक्वाइन बनाउछौँ भनेर केन्द्रीय बैंकलाई निर्देशन दिएका छन् । दक्षिण अमेरिकी कतिपय देशमा बिट क्वाइनलाई नै विनिमयको माध्यम बनाइएको छ ।”

क्षेत्रीले नेपालको बजारमा ट्रेडर हाबी भएको बताउँछन् ।

उनले भने, “हाम्रो बजारमा ट्रेडर हाबी भयो, लगानीको हिसाबले कम भए पनि संख्यात्मकरुपमा ट्रेडर बढी भएपछि प्रजातान्त्रिक मुलुकमा उनीहरुको आवाज बढी भयो र उनीहरुको कुरा बजारले सुन्यो ।”

क्षेत्रीले आइतबार र सोमबार घटेका बजार मंगलबार रिकभर भएको भन्दै यो हाम्रो बजार अनुमान गर्न नसकिने खालको रहेको बताए ।

उत्पादन र रोजगारी पनि सिर्जना नगर्ने भएकाले आर्थिकरुपमा फाइदा छ भन्ने पुष्टि गर्न सकिँदैन भन्ने आसय प्रचण्डको रहेको उनको टिप्पणी छ ।

लगानीकर्ताले लगानी गरेपछि पर्खिन नसक्ने, थोरै नोक्सान भए पछि असीन पसिन हुने अवस्था रहेको बताउँदै यस्तो अवस्थामा फन्डामेन्टल बुझेर लगानी गर्न सुझाव दिए ।

अर्थतन्त्र बुझ्दै नबुझेका व्यक्तिले बोलेको भरमा सेयर बजारले प्रतिक्रिया जनाउ नहुने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

“सेयर बजारका बारेमा कसले टिप्पणी गर्छ त्यसको आधारमा बजारले प्रतिक्रिया जनाउनुपर्छ, गभर्नर, अर्थसचिव, अर्थतन्त्रका बारेमा जानकार अर्थमन्त्रीहरुले सेयर बजारका विषयमा टिप्पणी गर्दा त्यसले गम्भीर असर गर्छ, त्यसको आधारमा बजारले प्रतिक्रिया  जनाउनु ठीक हो,” खनालले बाह्रखरीसँग भने, “प्रचण्ड अहिलेका अर्थमन्त्री, जसलाई अर्थतन्त्रको बारेमा जानकारी नै छैन, उनीहरुले बुझेकै छैनन् उनीहरुले बोलेको भरमा बजारले प्रतिक्रिया जनाएर घटबढ गर्न हुँदैन ।”

यसपटक प्रचण्डको टिप्पणीमा सेयर बजारले अनावश्यक प्रतिक्रिया जनाएको खनाल बताउँछन् । 

“नबुझी गरेको टिप्पणीमा प्रतिक्रिया जनाउनु आवश्यक थिएन र छैन,” उनले भने, “प्रचण्डले के बोले र उनले बोलेर के प्रभाव पर्छ भन्ने नै थाहा छैन, जानकारी नै नभइ बोल्नु भनेको केटाकेटीले बोलेजस्तो भयो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय