site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दशवर्षभित्र एप्पल र गुगलका कम्पनी नेपालमै खुल्छन् : योगेश भट्टराई
Sarbottam CementSarbottam Cement

भारत (नयाँ दिल्ली) । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामि दश वर्षभित्र एप्पल, गुगललगायत मल्टिनेशनल कम्पनीका अफिसहरू नेपालमा खुले अनौठो नहुने बताएका छन् । एमाले निकट विद्यार्थीहरूको संगठन अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियन, लक्ष्मीनगर सीए कमिटीलेले आयोजना गरेको अन्तर्क्रियामा सम्बोधन गर्न भारतको नयाँ दिल्ली पुगेका सचिव भट्टराईले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक क्रान्तिको दिशामा अघिबढ्ने जिकिर गरेका हुन् । 

उनले चार्टड एकान्टेन पढेका दक्ष जनशक्ति नेपालमा काम पाइँदैन कि भनेर मन खुम्च्याएर विदेश जानुपर्ने अवस्था नरहेको भन्दै उनले भने, “सीए पढेको विद्यार्थीहरू अब काम खोज्न, बेलायत, अमेरिका जानुपर्दैन, काठमाडौँले उहाँहरूलाई खोजिरहेको छ । नेपालमै उहाँहरूले काम पाउनुहुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दिल्ली र चाइनाकार्ड खेल्दैनौँ
उनले चिन भारतसँग नेपालले समदूरीको सम्बन्ध राख्न खोजेको स्पष्ट पार्दै छिमेकी देशका विरुद्ध नेपालको भूमिलाई प्रयोग हुन एमालेले नदिने बताए । उनले भुटान र दाजिर्नलिङको मामिलामा नेपालले कुनै चासो नराखेको बताउँदै नेपालका विषयमा छिमेकीको चासो अमान्य हुने बताएका हुन् । एक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै कारण नेपाल–भारतीबीच सम्बन्धमा चिसोपना आएका बताउँदै एमालेले भारतसँग दूरी बढाउन नखोजेको प्रष्ट पारे । “हामी भारतसँग निहुँ खोज्ने र दूरी बढाउने पक्षमा छैनौँ,” उनले थपे ।

भरतपुरमा पैसाले जित्यो
प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले भरतपुरमा रेणु दाहालले नभइ पैसाले चुनाव जितेको दाबी गरे । भने, “आजको दुनियाँमा पैसा र राज्यशक्तिले चुनाव जित्न असम्भव प्रायः छ तर भरतपुरमा बाहेक ।”

Global Ime bank

उनले एमाले बन्द हड्तान, चक्का जामको विरुद्धमा रहेको बताउँदै अबको बाटो आर्थिक क्रान्तिकै भएकाले सोही अनुरुप एमाले बढीरहेको दाबी गरे ।

त्यस्तै फरक प्रसंगमा उनले कार्तिक, मंसिरसम्ममा मुलुकमा तीन तहको निर्वाचन भइसक्ने र बहुमतसहित एमालेले सरकारको नेतृत्व गर्नेसमेत जिकिर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC