site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याजदरले बढाएन निक्षेप, कर्जा लगातार बढ्दा सीडी रेसियो साढे ९१ प्रतिशतमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लगानीयोग्य तरलताको अभावसँग जुधिरहेका बैंकहरूका लागि मंसिर महिना पनि सकारात्मक बन्न सकेन । पछिल्लो साता वाणिज्य बैंकको निक्षेप बढ्नुको साटो उल्टै घट्दा बैंकहरूको औसत सीडी रेसियो साढे ९१ प्रतिशत पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप पाँच अर्बले घटेको छ भने कर्जा लगानी आठ अर्बले विस्तार भएको छ । पुस १७ गते शुक्रबार ४२ खर्ब २६ अर्ब रहेको बैंहरूको निक्षेप २४ गते शुक्रबार आउँदा ५ अर्बले घटेर ४२ खर्ब २१ अर्बममा झरेको छ ।

यता कर्जा लगानी भने १७ गते ४० अर्ब ६९ अर्ब रहेकोमा २४ गते ४० खर्ब ७७ अर्ब पुगेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव छ । यस्तो अवस्थानमा बैंकहरूले निक्षेप बढाउन निक्षेपको ब्याजदर डबल डिजिटमा पुर्‍याएका छन् । तर, पनि कार्तिक मसान्तको भन्दा मंसिर लागेपछि बैंकहरूको निक्षेप बढ्नुको साटो घट्दै गएको देखिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत कार्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो २४ दिनमा १२ अर्बले घटेको छ । सोही अवधिमा कर्जा लगानी भने ४३ अर्बले बढेको छ । कार्तिक मसान्तमा ४० खर्ब ३४ अर्ब हरेको कर्जा लगानी २४ गते ४० खर्ब ७७ अर्ब पुगेको छ ।

बैैंकहरूले कर्जा लगानी नगरी नहुने क्षेत्र र परियोजनाबाहेक अन्य क्षेत्रमा कर्जा लगानी रोकेको छन् । बैंकमा कर्जाको फाइलको चाङ लागेपनि स्रोत नहुँदा लगानी गर्न नसकिएको बैंकरहरू बताउँछन् । ब्याजदर वृद्धिले पनि निक्षेप नआएपछि पुसमा बैंकहरू निक्षेपको ब्याजदर नबढाउने निष्कर्षमा पुगेका छन् । अझै पुसमा राजस्वको रूपमा सरकारी ढुकुटीमा पैसा जम्मा गर्नुपर्ने हुँदा बैंकहरूलाई कर्जा लगानी मात्रै नभएर नियामकीय अनुपात व्यवस्थापन गर्नै चुनौती बन्ने अवस्था आएको छ ।

Royal Enfield Island Ad

चालु आवमा निक्षेप २० अर्बले बढ्दा कर्जा ३५६ अर्बले विस्तार

चालु आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरूको निक्षेप जम्मा २० अर्बले मात्रै बढेको छ । ०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ अर्ब १ अर्ब र कर्जा लगानी ३७ अर्ब २१ अर्ब रहेको थियो । आर्थिक वर्ष सुरु भएको पाँच महिना निक्षेप भने जम्मा २० अर्ब मात्रै बढेको छ । सोही अवधिमा कर्जा भने तीन खर्ब ५६ अर्बले विस्तार भएको छ ।

असार मसान्तमा ४२ खर्ब एक अर्ब रहेको निक्षेप साउन मसान्तमा घटेर ४१ खर्ब २३ अर्ब झरेको थियो । भदौ मसान्तमा आउँदा सुधार भएर ४१ खर्ब ७१ अर्ब र असोज मसान्तमा ४२ खर्ब ६९ अर्बसम्म पुग्यो । तर, कार्तिकबाट बजेट खर्च सुरु भएपनि निक्षेप भने घट्दो क्रममा रहेको छ । कार्तिक मसान्तमा आउँदा ४२ खर्ब ३३ अर्बमा झरेको निक्षेप मंसिर २४ मा अझै घटेर ४२ खर्ब २१ अर्बमा आएको छ ।

ऊर्जा कर्जा लगानी भने निरन्तर रूपमा वृद्धि भएको छ । आर्थिक वर्षको पहिलो महिना साउनमा ३७ खर्ब २१ अर्बबाट बढेर ३७ खर्ब ६४ अर्ब पुग्यो । भदौ र असोजमा १ खर्ब भन्दा बढीले कर्जा विस्तार भयो । भदौ मसान्तमा वाािण्ज्य बैंकहरूको कूल कर्जा बढेर ३८ खर्ब ७२ अर्ब र असोज मसान्तमा आउँदा अझै विस्तार भएर ३९ खर्ब ९८ अर्ब पुग्यो । त्यसपछि भने बैंकहरूमा लगानीयोग्य तरलताको अभाव हुँदा कर्जाको फाइल नै रोकिएका छन् । आयातका लागि एलसी खुलिसकेको ठाउँमा टीआर लोन लगायत केही प्राथमिकताको क्षेत्रमा प्रतिवद्धता जनाएका परियोजनाबाहेक अन्य क्षेत्रमा कर्जा लगानी नभएको बैंकरहरू बताउँछन् ।

असोजमा नै ३९ खर्ब ९८ अर्ब पुगको कर्जा कार्तिक मसान्तमा ३६ अर्बले बढेर ४० खर्ब ३४ अर्ब र मंसिर लागेपछि थप ४३ अर्ब कर्जा बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro