site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्टस समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा 

काठमाडौं । मोइस केनको गोलमा युभेन्टसले बुधबार राति माल्मो एफएफलाई १–० ले हराउँदै समूह ‘एच’ को विजेता बनेर च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । 

इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसको जितमा केनले १८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । च्याम्पियन्स लिगमा केनको यो पहिलो गोल हो । 

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै युभेन्टस १५ अंकका साथ समूहको शीर्ष स्थानमा रहन सफल रह्यो । जुन दोस्रो स्थानको चेल्सीभन्दा दुई अंकले माथि हो । दोस्रो स्थानको चेल्सीले गएराति जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ को बराबरी खेल्यो । जेनिट तेस्रो स्थानमा रह्यो भने माल्मो पुछारमा रह्यो । 

युभेन्टसले समूह चरणमा एकमात्र खेल चेल्सीसँग ४–० ले हारेको थियो । घरेलु लिगमा निरन्तर खराब प्रदर्शन गरेको युभेन्टसलाई च्याम्पियन्स लिगको सफलताले राहत मिलेको छ । चेल्सीले समूह समूहको उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो । 

Global Ime bank

युभेन्टसलाई खेलाडीको चोटले सताएको थियो । प्रशिक्षक मासिमिलियानो एलेग्रीले १९ वर्षे रक्षक कोनी डी विन्टरलाई पहिलाे रोजाइमा खेलाउनु परेको थियो । उनले चेल्सीविरुद्धको अघिल्लो खेलमात्र बैकल्पिक खेलाडीका रुपमा डेब्यू गरेका थिए । गोलकिपर माटिया पेरिनले पनि च्याम्पियन्स लिगमा डेब्यू गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय