site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई बंगलादेशसँग बदला लिने अवसर, प्रशिक्षक देसाई भन्छन्– आफ्नै कथा लेख्न चाहन्छौँ
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालले १० वर्षपछि टेस्ट राष्ट्र बंगलादेशविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध खेल्न लागेको हो ।

यसअघि नेपालले बंगलादेशविरुद्ध पहिलोपटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो । त्यसयता यी दुई टिम वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दोस्रोपटक भिड्न लागेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो ।

समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । तीन खेलबाट चार अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । प्रतियोगिताबाट नेपाल बाहिरिसक्दा बंगलादेश भने जित निकाल्दै सुपर–८ मा प्रवेश गर्ने लक्ष्यमा हुनेमा । प्रतियोगिताको आगामी यात्रा निश्चित गर्न बंगलादेशमाथि जितको दबाब छ । 

Global Ime bank

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टिमका मोन्टी देसाईले बंगलादेशविरुद्ध टिमले गुमाउनु केही नरहेको बताए । उनले नेपाली टिम आफ्नो प्रदर्शनमा केन्द्रित रहने जनाए ।

“हामी आफ्नै कथा बुन्न चाहन्छौँ । त्यसैकारण हामी कुनै अरू टिमको आगामी सम्भावनालाई समाप्त पार्नेतर्फ केन्द्रित छैनौँ । हामी आफ्नै प्रदर्शन देखाउन चाहन्छौँ,” खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले भने ।

देसाईले सन् २०१४ को विश्वकपछि नेपालले क्रिकेटमा राम्रो गर्न सक्ने अपेक्षा गरेको बताए । तर, विभिन्न कारणले नेपाली क्रिकेट १० वर्ष पछाडि परेको बताउँदै देसाईले नेपाली क्रिकेटलाई पुनः १० वर्ष पछि परेको हेर्न नचाहेको बताए ।

“मैले यसअघि पुबुदुको कार्यकालमा नेपाली टिमसँग सहायक प्रशिक्षकको रूपमा काम गरेको थिएँ । १० वर्षअघि नेपालले विश्वकपमा अफगानिस्तानलाई हराएको थियो,” देसाई थप्छन्, “त्यसबेला पनि अब नेपालले क्रिकेट राम्रो गर्नेछ भन्ने आकलन थियो । तर, अहिलेसम्म आइपुग्दा नेपाली क्रिकेट कसैगरी १० वर्षपछि पर्‍यो । म नेपाल अझै १० वर्ष पछि परोस् भन्ने चाहन्छ । यसका लागि हामी एकत्रित समूहको रूपमा यसको जिम्मेवारी लिन चाहन्छौँ ।”

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार सोमबार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement