site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस प्रदेश नम्बर १ को पुनः मतगणना : केन्द्रीय निर्वाचन समितिले निर्णय गर्ने

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को मतगणना पुनः गर्नुपर्ने मागको सम्बन्धनमा प्रदेश निर्वाचन समितिले के गर्ने भनी केन्द्रसँग राय लिन पत्राचार गर्ने भएको छ । 

सोमबार बिहान आएको मत परिणामअनुसार सभापति पदमा संस्थापनइतर समूहका गुरुराज घिमिरे संस्थापन पक्षका उद्धव थापासँग दुई मतले पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्न माग गर्दै निर्वाचन समितिमा आवेदन दिएका थिए । निर्वाचन समितिसमक्ष आफूले पुनः गणनाको प्रक्रिया थाल्न माग गरेको घिमिरेले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

काङ्ग्रेसको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले पुनः मतगणनाका लागि आवेदन आएको र यस विषयमा केन्द्रीय निर्वाचन समितिसँग राय लिएर मात्र के गर्ने नगर्ने भन्ने निर्णयमा पुग्ने बताए । 

“मत गणनाका लागि घिमिरेले निवेदन दिनु भएको छ तर, अब केन्द्रीय निर्वाचन समितिलाई पत्राचार गर्छौ उताबाट जे निर्णय हुन्छ, सोहीअनुरुप गर्छौ’, प्रमुख थापाले भने । 

थापा विजयी भएको घोषणा गरिसकेकाले न्यायको सिद्धान्तअनुसार फेरि आफैँले पुनः गणनाको प्रक्रिया थाल्न नमिल्ने भएकोले उमदेवार घिमिरेको निवेदन निर्णयार्थ केन्द्रीय निर्वाचन समितिमा पठाउने थापाले बताए । 

सभापतिका प्रत्याशी उद्धव थापाले ८४४ मतले ल्याएर विजयी बने । घिमिरेले ८४२ मत प्राप्त गरे । प्रदेश नम्बर १ मा कांग्रेस पदाधिकारीमा संस्थापन–सिटौला समूहका अधिकांश विजयी भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro