site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाडाको नयाँ नेतृत्वका लागि चौधरी र थापाको प्यानलसहित उमेदवारी दर्ता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुव थापाले उमेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि आइतबार तोकिएको समयमै चौधरी र थापाले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् । चौधरी र थापाले यसअघि प्यानल घोषणा गरेका थिए । १८ सदस्यीय नयाँ कार्यसमितिका लागि ३६ जनाको उमेदवारी परेको छ ।

नाडाको विधानअनुसार साधारण सभाले १ जना अध्यक्ष र १७ जना कार्यसमिति सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ । निर्वाचित कार्यसमितिले पदाधिकारीको टुङ्गो लगाउनेछ ।

नाडाको ४५औं वार्षिक साधारण सभा आगामी मंसिर २२ र २३ का लागि तय भएको छ । २२ गते अर्थमन्त्री जनार्दन शर्माले साधारण सभा उद्घाटन गर्ने कार्यक्रम तय भएको नाडा अध्यक्ष कृष्ण दुलालले बताए । २३ गते निर्वाचन हुने छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कस्को प्यानलमा को ?

करण चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल रहेका छन् । यस्तै वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराईले पनि चौधरीको प्यानलबाट उमेदवारी दिएका छन् ।

Royal Enfield Island Ad

धु्रव थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित रहेका छन् । यस्तै बि एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल,  नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस. कंसाकार, सञ्जयकुमार खेतानले थापा प्यानलबाट उमेदवारी दिएका छन् ।

दुबै उमेदवारको जित्ने दाबी

अध्यक्ष दुबै प्रत्यासीले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । चौधरीले अटो मोबाइलको सबै क्षेत्रलाई समेटेर टिम बनाएको र आफ्नो जीत सुनिश्चित भएको बताए । आफ्नो समूहमा अनुभव र जोशको उत्तम समिश्रण रहेको भन्दै उनले सोही कारण अनुकुलता र प्रतिकुलतामा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगाडि बढ्न सक्षम रहेको बताएका छन् ।

यस्तै थापाले पनि नाडाको इतिहासमै आफ्नो टिम समावेशी भएको बताएका छन् । थापाले अटोमोबाइल क्षेत्रको सबै पक्षलाई समेटेर समावेशी टिम बनाएको बताए । थापाले नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता जनाएका छन् । आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको उनले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro