राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार सुर्खेतमा भएको मतदान साँझ सकिएको हो ।
कुल ७७१ मतदाता रहेकोमा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सुरु गरिने तयारी छ ।
कर्णाली प्रदेशको सभापतिका लागि भूपेन्द्रजङ शाही, ललितजङ शाही र मोतिराज बम चुनावी मैदानमा छन् ।
कांग्रेसको संघीय विधानानुसार आज पहिलोपटक प्रदेश अधिवेशन भएको हो । अधिवेशनबाट प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८ २०:४१
प्रतिक्रिया दिनुहोस्