site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तनहुँ जलविद्युत् आयोजनाको निर्माणमा ढिलाइ नगर्न ऊर्जामन्त्रीको निर्देशन
SkywellSkywell

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएकी छन् ।

उनले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचनाको निरीक्षण गरिन् । सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न उनले निर्देशन दिएकी हुन् ।

Dabur Nepal
NIC Asia

“कुलेखानीबाहेक सञ्चालमा रहेका सबै आयोजनाहरू नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत् आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ,” उनले भनिन्, ‘यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्त्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायत कारणले ढिलाइ हुनु हुँदैन, तोकिएकै समय र लागतमा सम्पन्न गर्नुपर्छ ।”

आयोजना प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, समस्यालगायत विषयमा जानकारी गराए ।

आयोजनाको पहिलो प्याकेज निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता ०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको छ । सोङ्ग दा–कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माणकार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत्गृह खनिरहेको छ । सर्जट्यांकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणकार्य भइरहेको छ । आयोजनाको समग्र निर्माण ०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro