site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जनसंख्या ३ करोड नपुग्ने, घरबारविहीनहरुको पनि गरियो गणना
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालको जनसंख्या ३ करोड नपुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को मुल गणनाबारे जानकारी दिन शुक्रबार केन्द्रीय तथ्यांक विभागले गरेको पत्रकार सम्मेलनमा २ करोड ८० लाख देखि ३ करोडबीच जनसंख्या रहने देखिएको जनाएको हो । जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्ने छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बाल मृत्युदर घटेको र जन्मदर पनि २.१ प्रतिशत रहेकाले देशको समग्र जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडबीचमा रहने देखिएको बताए । “यो प्रारम्भिक तथ्यांक हो । यसको यकिन तथ्यांक आउन केही समय लाग्छ,” उनले भने ।

राष्ट्रिय जनगणनाको मूल गणनामा छुटेकाहरुको तथ्यांक केही दिन अझै संकलन गरिने उनले बताए ।  “गणना अघि लिष्टिङ्गमा परेकाहरु जो मुल गणना कार्यमा छुट्नुभएको छ, उहाँहरुको गणना केही दिनसम्म गर्नेछौं” उनले भने । जनगणनामा समावेश हुन नपाएको गुनासो सर्वसाधारणबाट आएका कारण पनि यसलाई केही दिन निरन्तरता दिन लागिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

 यस पटकको जनगणनामा सबै समुदाय सहभागी भएको पनि बताए । “राउटे, कायत समूदाय पनि जनगणनामा सहभागी हुनुभएको छ । सबै समुदाय राष्ट्रिय अभियानमा सहभागी हुनुभयो । १२औं संस्करणको राष्ट्रिय जनगणना सफलतापूर्वक सम्पन्न भएको छ,” उनले भने । उनले घरबारविहीन सडकमा बस्नेहरुको पनि गणना गरेको बताए ।

आगामी पुसदेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब ३ महिनापछि प्रारम्भिक नतिजा तथा १ वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदनहरु प्रकाशन गर्ने समय तालिका रहेको महानिर्देशक श्रेष्ठले बताए ।

Global Ime bank

चार गणकको निधन

राष्ट्रिय जनगणनामा सहभागी भएका ३ जना गणकको ज्यान गएको विभागले जनाएको छ । एक जनाले आत्महत्या गरेका हुन् । कैलाली टिकापुरमा एक जना सुपरीवेक्षकको हृदयघाटका कारण, धादिङ र सुवामा एक/एक जना गणकको भीरबाट लडेर मृत्यु भएको विभागले जनाएको छ । 

यसैगरी, चार जना गणकलाई कुकुरले टोकेको र दुई जना गणकको खुट्टा भाँचिएको र केही गणकलाई कोरोना भाइरसको संक्रमणसमेत देखिएको विभागले जनाएको छ । आत्महत्या गर्नेबाहेक अन्य तीन जनाको परिवारले बीमा बापत ५ लाख रुपैयाँ पाउने महानिर्देशक श्रेष्ठले बताए । यस्तै अन्य घाइतेहरुको पनि विमा गरिएकाले सो बापत रकम पाउने विभागले जनाएको छ ।

विभागले राष्ट्रिय जनगणना कार्यका लागि खटिएका ४० हजार गणक र साढे ८ हजार पर्यवक्षकको जनही पाँच लाख रुपैयाँको बीमा गराएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय