site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा धन पुस्ता हावी !

पोखरा । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १८ वर्षीय युवती कांग्रेसको चलिरहेको निर्वाचनमा विजयी भएकोमा बधाई दिँदै युवापुस्ताको आकर्षण बढेको सन्देश सामाजिक सञ्जालमार्फत दिए । तर कास्कीका एक नेता उनको बधाईप्रति टिप्पणी गर्दै भन्छन्– युवा पुस्तालाई बधाई दिनु राम्रो हो तर बीपी कोइरालाबाट प्रभावित भएर संगठनमा सक्रिय भएको पुस्ता हार्दै गर्दा केही त बोल्नुपर्ने हो ।”

गण्डकी कांग्रेसमा अहिले धन पुस्ता अर्थात् रकम बढी हुने नै कांग्रेसका तल्ला तहको नेतृत्वदेखि महाधिवेशन प्रतिनिधिसम्म आएको भन्दै टिप्पणी हुने गरेको छ ।

नवलपुरमा अर्बपति विनोद चौधरी सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भए । 

Dabur Nepal
NIC Asia

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कांग्रेसका महामन्त्री सशांक कोइराला चुनाव लड्ने उक्त जिल्लामा भने अन्य पदमा चुनाव भयो । 

उक्त निर्वाचन क्षेत्रमै एक सांसद महाधिवेशन प्रतिनिधि नै पराजित भए ।

सत्यनारायण खनाल जो बीपी कोइरालाका निकट थिए । खनाल निकटका अनुसार उनी गुटबन्दीको शिकार भएका हुन् ।

बीपीसँग पार्टी बनाउन हिँडेका खनाल गुटबन्दीमा परेर चुनाव हार्दा उनीसँगै हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना र विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए ।

शुक्रबार यो जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । कास्कीमा पनि महाधिवेशन प्रतिनिधिमा चयन भएको पुस्ता धनाढ्य नै बढी रहेका छन् ।

मन्त्रीहरु कुमार खड्का, विन्दुकुमार थापासहितका केही व्यापारी पृष्ठभूमिका व्यक्तिहरु आउँदा रहेकी नेतृ उमा ठकुरी चुनावमा हारिन् ।

एक नेताको टिप्पणी थियो, “पार्टीमा योगदान गरेका व्यक्तिहरु आए, नयाँ उदाए ।”

कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठको जिल्ला स्याङ्जामा पनि पार्टीमा चरम गुटबन्दी नै देखियो ।  प्रदेश १ मा श्रेष्ठको विपरीतमा रहेको समूह हावी भयो भने २ मा उनी नजिकको समूह विजयी भयो ।

स्याङजामा नै कार्यवाहक सभापति कुमार राना (बुद्धिबहादुर) सँगै सांसद मोहनप्रसाद पाण्डे, पूर्वसांसद शंकरप्रसाद पाण्डे, भोजराज अर्याललगायतका हस्तीहरु भने त्यही गुटबन्दीको सिकार हुन पुगे ।

बागलुङमा पनि जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले पराजय भोगे । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल पनि पराजित भए । गण्डकीका धनी मन्त्रीमध्येका एक मणिभद्र शर्माँ कँडेल र उनका छोरा दुवैले चुनाव जिते ।

माथिका यी सबै जिल्लामा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र छन् ।  एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा भने ७ गते मतदान भएको छ । 

जिल्ला सभापतिमा युवराज जोशी चयन भएका छन् । पर्वत कांग्रेसमा पनि दुवै पक्षले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

पर्वत कांग्रेसभित्रको असन्तुष्टि कार्यकर्तामा देखिएको मंसिर २ गते तिर नै हो । स्थलगत अध्ययनको क्रममा पर्वत पुग्दा निर्वाचन निर्देशिका विपरीत उमेदवारी शुल्कमा पाँच गुणासम्म बढोत्तरी गर्ने निर्णय गरेपछि निष्ठाको राजनीति गरेका तर धन नभएका केही नेताहरु आक्रोशित थिए । 

प्रदेश महाधिवेशन प्रतिनिधीको शुल्क निर्वाचन निर्देशिकामा ३ हजार तोकिएको छ, तर कांग्रेस पर्वतले १५ हजार तोकिदियो । जिल्ला सभापतिको १० हजारको ठाउँमा ५० हजार शुल्क तोकिएको थियो । 

यही चुनावमा पर्वत कांग्रेसका एक हस्ती भवानीशंकर पौडेलको कतै नामनिसान देखिएन । २००७ साल देखिका हरेक क्रान्तिमा पर्वतको नेतृत्व गर्ने पौडेलले पहिलोपटक २०५६ सालमा संसदीय निर्वाचनको टिकट पाएका थिए । उत्तरी पर्वतको सालिजामा चुनावी भाषण गर्नेक्रममा नै उनको टिकट खोसियो । पौडेललाई हार्छन् भनेर त्यतिबेलाका प्रमुख जिल्ला अधिकारीले नै माथि रिपोर्ट गरिदिएको आरोप छ । 

त्यसपछि चुनावी भाषण गर्दागर्दै उनको टिकट अर्जुनप्रसाद जोशीले पाए । उनै जोशीका भाई अहिले पर्वतको जिल्ला सभापति चयन भएका छन् ।

पौडेलले भने, “यो चुनाव होइन पञ्चायत हो । म त बुढो भइसकेँ, कम्तिमा देश बनेको देखेर मर्न पाए पनि त हुन्थ्यो नि ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro