site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आह्वान
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौँमा आह्वान गरिएको छ ।

सांगठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउनेछन् ।

पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल गरिने बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै संगठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताए ।

बैठकमा वडा तहबाट संगठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोलकेन्द्रित जिम्मेवारी र कामको समीक्षा गरिनेछ । तोकिएको भूगोलकेन्द्रित कार्यमा नजाने नेताको जिम्मेवारी हेरफेर गरिने पनि नेता श्रेष्ठले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro