काठमाडौं । चितवन को– इ समूह अन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित देशकै पहिलो केवलकार आजदेखि २४ वर्षमा प्रवेश गरेको छ ।
२०५५ मंसिर ८ गतेदेखि यो केवलकार नियमित सञ्चालनमा आएको थियो । २४ वर्षको यस अवधिमा केवलकारमा १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरिएको केवलकारले जनाएको छ ।
कम्पनीले यसै आर्थिक वर्षमा केवलकारको प्रविधिको स्तरोन्नति पनि गर्ने जनाएको छ । अहिले एनालग सिष्टममा आधारित यसलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी फागुनदेखि केवुलकारको टप स्टेशनसँगै रहेको ९ रोपनी जग्गामा ४० कोठा सुविधायुक्त रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ ।
रिसोट ३५ करोड १८ लाखमा निर्माण गरिने तयारी गरिएको निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।