site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस अधिवेशन : सर्लाही र धनुषामा विवाद झन् बढ्दै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । नेपाली कांग्रेसको अधिवेशन गराउन सर्लाहीमा दोस्रोपटक गएका निर्वाचन अधिकृतले पनि राजीनामा दिएका छन् । बिहीबार कुटपिट भएपछि निर्वाचन गराउन पुगेका अधिकृत दिवाकरराज पाण्डेले पदबाट राजीनामा दिएका हुन् ।

पहिलोपटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्की दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै गएको कात्तिक २६ गते राजीनामा बुझाएका थिए । त्यसपछि केन्द्रीय निर्वाचन समितिले कात्तिक २७ गते पाण्डेलाई नयाँ निर्वाचन अधिकृतको रूपमा सर्लाही पठाएको थियो । तर, कुटपिटपश्चात् उनले पनि राजीनामा दिएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाण्डेले दुवै पक्षलाई सहमतिमा ल्याएर अधिवेशन गराउन अथक प्रयास गरे पनि सम्भव नभएको बताए । दोस्रोपटक खटाइएको निर्वाचन अधिकृतले पनि राजीनामा दिएपछि सर्लाहीमा कांग्रेसको अधिवेशन झनै अन्योलमा परेको छ । क्रियाशील सदस्यता विवादलाई लिएर असन्तुष्ट पक्ष काठमाडौं पुगेका छन् ।

सर्लाहीमा कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वजिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादका कारण अधिवेशन प्रक्रिया अगाडि नबढेको बताइएको छ । नागेन्द्र पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् भने लक्ष्मण वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

Royal Enfield Island Ad


धनुषामा पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित
धनुषामा नेपाली कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित भएको छ । यही मंसिर ४ र ६ गतेको लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञावालीले बताए ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि मंसिर १ गतेको सूचनाअनुसार पालिकास्तरीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको थियो । तर, प्राविधिक कारण देखाउँदै अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

धनुषाका पाँचवटा वडामा विवाद देखिएको छ । धनुषाको औरही नगरपालिकाका कार्यकर्ता वडा अधिवेशनमै धाँधली भएको भन्दै विरोधमा उत्रिएका छन् । उनीहरू अहिले कांग्रेसको जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रिले अनशनमा छन् । अर्को पक्षले पार्टी कार्यालयबाहिर उनीहरूलाई घेराउ गरेको छ । यद्यपि, प्रहरीले अनशनकारीहरूलाई सुरक्षा दिएको छ ।

औरही गाउँपालिका वडा नम्बर-१ मा धाँधलीपूर्ण तरिकाले पदाधिकारी चयन गरिएको भन्दै रिले अनशन सुरु गरिएको जगदीश चौधरीले बताए ।  ‘'यथार्थ कार्यकर्तालाई बाइपास गरी पदाधिकारी चयन गरिएको छ,’' उनले भने, ‘'जुन धाँधलीपूर्ण काम गरिएको छ । त्यसलाई बदर गर्नु जरुरी छ ।’' उनले धाँधलीपूर्ण काम बदर नगरिए आफूहरू भोक हड्तालमा उत्रने पनि चेतावनी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro