site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीमा कांग्रेस अधिवेशन अन्योल : देउवा र निधिसँग 'एक्लै भिड्दै' अमरेश !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा वडा अधिवेशन फेरि अनिश्चित बनेको छ । दुईजना निर्वाचन अधिकृत तोकिसक्दा पनि निर्वाचन समितिले सर्लाही जिल्लामा वडा अधिवेशनको सुरु गर्न सकेको छैन ।

पहिलोपटक अधिकृत बनेर सर्लाही पुगेका विनोद कार्की राजीनामा दिएर फर्किएसँगै दिवाकरराज पाण्डे नयाँ निर्वाचन अधिकृत बनेर सर्लाही पुगेका छन् । तर, अधिवेशन सुरुवता गर्ने विषयमा कुरा नमिल्दा पाण्डेमाथि कुटपिट भएको छ ।

जिल्ला सभापति नागेन्द्र कुमारकाअनुसार सांसद अमरेशकुमार सिंहको डिजाइनमा उनका कार्यकर्ताले अधिकृत पाण्डेलाई कुटेका हुन् । वुथ अधिकृत तोक्ने विषयमा कुरा नमिल्दा पाण्डेले कुटाइ खानुपरेको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“आफ्नो एकाधिकार जमाउन खोजेका छन् । म सभापतिले भनेको कुरा मान्दैनन्, केन्द्रीय सभापति शेरबहादुर देउवालाई पनि मान्दिनँ भन्छन् अनि कसरी जिल्लामा अधिवेशन गराउन सकिन्छ त,” उनले बाह्रखरीसँग भने ।

उनले एउटा एउटा सामान्य बखेडा झिकेर अर्को समूहले अधिवेशन भाँड्न खोजेको आरोप लगाए । दुईसय वडामा अधिकृत तोक्ने विषयमा पनि आफ्नो कुरा नटेरेको उनको गुनासो छ ।

Royal Enfield Island Ad

“हार्ने भनेर निश्चित भएपछि किन अधिवेशन हुन दिन्छन् र ! तरपनि म अधिवेशन गराउने पक्षमै छुँ प्रयास गरिरहेको छुँ,” उनले भने ।

यता, पूर्व जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले विधान उल्लङ्घन गरेर आफूहरूलाई पेल्न खोजेपछि अधिवेशन गराउन बाधा खडा गरेको बताए । उनले निर्वाचन अधिकृतले पनि वदमासी गरेको भन्दै आक्रोश पोखे ।

सर्लाहीमा पछिल्लोपटक वडा अधिकृत तोक्ने विषयमा विवाद बढेको छ । जिल्ला सभापति पक्षधरले आफूहरूले दिएको दुईसय शिक्षकहरूबाट दुईसय वडामा अधिकृत तोक्नुपरेको माग गरेको छ । यता, पूर्व जिल्ला सभापति लक्ष्मणको समूहले भने त्यसलाई अस्वीकार गरेको छ ।

“अरू पार्टीमा गएका आफ्ना खल्तिका शिक्षकहरूलाई ल्याएर गराएको अधिवेशन हामीलाई मान्य हुँदैन, हामी मान्दैनौँ,” रायले भने ।

निर्वाचन अधिकृत फेर्न माग

पूर्व जिल्ला सभापति राय सांसद तथा नेता अमरेशकुमार सिंह निकट मानिन्छन् । यो समूहले वर्तमान निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई परिवर्तन गर्नुपर्ने माग गरेको छ । निर्वाचन अधिकृतले जिल्ला सभापति नागेन्द्र कुमारको पक्ष लिएको भन्दै समूहले तुरुन्त उनलाई जिल्ला छोड्न धम्की दिएको छ ।

समूहले निर्वाचन अधिकृत फेरिदिन माग गर्दै केन्द्रीय निर्वाचन समितिलाई समेत आग्रह गरेको छ । अधिकृत पाण्डेय फिर्ता नभएसम्म अधिवेशन प्रकृया अघि बढ्न नदिने समूहको तयारी छ । उनलाई फिर्ता नगरे गम्भीर दुर्घटना निम्तन सक्ने चेतावनी सिंह समूहले दिएको छ ।

“निर्वाचन अधिकृत त्यहाँ बसुञ्जेल सबै अशान्त हुन्छ । हामी हजारौँ कार्यकर्ता गएर घेराबन्दी गर्छौ,” रायले भने ।

यता, सभापति नागेन्द्र कुमारले भने पाण्डेलाई फर्काइए सर्लाही जिल्लालाई पार्टीको १४औँ महाधिवेशनमा भाग लिन बञ्चित गराइने बताए । उनले नयाँ आउने निर्वाचन अधिकृतलाइ काम गर्न नदिने चेतावनी दिए ।

“यो निर्वाचन अधिकृत पनि फिर्ता गए सर्लाहीमा अधिवेशन हुँदैन, नयाँ मान्छे आएर अधिवेशन गराउन हामी दिँदैनौँ,” उनले बाह्रखरीसँग भने ।

यता निर्वाचन अधिकृत पाण्डेले भने कसरी अघि बढ्ने भन्ने विषयमा आफू अन्योलमा रहेको बताए । आक्रमणकारीहरूले आफूसँग कागजात, मोबाइल र डाटाहरू नष्ट गरिदिएको उनले बताए । “सबैसँग सरसल्लाहा गर्दैछुँ । खै कसरी अघि बढ्ने हो ?निकास खोज्दैछुँ,” उनले भने ।

'यो डडेलधुरा होइन'

सांसद तथा नेता अमरेशकुमार सिंहले सर्लाही जिल्लालाई डडेलधुरा जस्तो सहज नसोच्न चेतावनी दिएका छन् ।

अधिवेशन गराउने नाममा प्रहरी प्रशासनको परिचालन गरेको भन्दै उनले डडेलधुरामा जस्तो अधिवेशन गराउछुँ भनेर नसोच्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । त्यसरी अधिवेशन गर्न खोजे नेता कार्यकर्ताहरू चुप लागेर नबस्ने उनले बाह्रखरीसँग बताए ।

“सभापतिज्यूले डडेलधुराजस्तो सम्झिएर प्रहरी प्रशासन लगाएर अधिवेशन गराउन खोज्नुभएको छ । हामी कहाँ मान्छौँ ?कार्यकर्ता कहाँ मान्छ र ? उहाँलाई त्यस्तो नसोँच्न म आग्रह गर्छु," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro