site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजपामा विवादै विवाद, हृदयेश त्रिपाठी बाहिरिने तयारीमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टी गठन भएको तीन महिना र पदाधिकारी वैठक सुरु भएको दिनदेखि नै राष्ट्रिय जनता पार्टीमा आन्तरिक विवाद चुलिँदै गएको छ । १ सय ३४ पदाधिकारी सहभागि बुधबारदेखि सुरु भएको पदाधिकारी वैठकमा बुधवार नै पदीय विवाद देखियो ।

बुधवार अध्यक्ष मण्डलका नेताहरु छलफलमा रहँदा तल ६ पार्टी मिलेर बनेको राजपाका केन्द्रिय पदाधिकारीहरुबीच को अगाडि र को पछाडि बस्ने भन्नेमा विवाद चर्को बन्यो ।

पहिले रहेका ६ वटै पार्टीका प्रभावशाली नेताहरु अध्यक्ष मण्डल बस्ने मञ्चको अघिल्लो लहरमा बस्न पाउनुपर्ने माग गर्दै विवाद गरेको एक प्रभावशाली नेताले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार त्यहि विषयमा विवाद भइरहेकै बेला अध्यक्ष मण्डलका नेताहरु आएपछि साम्य भएको थियो ।

राजपासँग छुट्टिने तरखरमा हृदयेश त्रिपाठी !

Global Ime bank

पहिलेको तराई–मधेस लोकतान्त्रिक पार्टीका प्रभावशाली नेतासमेत रहेका हृदयश त्रिपाठी राजपा छाडेर अर्कै पार्टी बनाउने तरखरमा रहेको राजपाका एक सदस्यले जानकारी दिए ।

“राजपामा उचित सम्मान नपाएको भन्दै हृदयेश त्रिपाठी पार्टी छाड्दै हुनुहुन्छ,” एक प्रभावशाली नेताले भने, “अबको उहाँको राजनीतिक ध्यान र नयाँ आरम्भ ५ नम्बर प्रदेशमा केन्द्रित हुने देखिन्छ ।”

तर राजपाको अध्यक्ष मण्डलका एक सदस्य अनिल झाले भने त्रिपाठीले  पार्टी छाड्नेबारे आफुलाई केही पनि जानकारी नभएको बताए ।

“उहाँले यस विषयमा अध्यक्ष मण्डलका सदस्यहरुसँग केही पनि बताउनुभएको छैन,” उनले भने, “तर विभिन्न सञ्चारमाध्यमबाट भने उहाँले अध्यक्ष मण्डलमा पनि सदस्यता चाहेको भन्ने खबर हामीले पढेका छौं ।”

राजपाको एकताका बेला संसद्मा प्रतिनिधित्व गर्ने पार्टीको अध्यक्ष अध्यक्ष मण्डलमा रहने भन्ने सहमति भएकाले त्रिपाठी नपरेको उनले बताए । अध्यक्ष मण्डलका सदस्य झाले त्रिपाठीलाई अध्यक्ष मण्डलमा नराख्नुको कुनै प्रकारको मनमुटाव वा द्वन्द्व नभएको प्रस्ट पारे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७४  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC