site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाणिज्य बैंकको कर्जा निरन्तर बढ्दा निक्षेप घट्दै, औसत सीडी ८९.८७ प्रतिशत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कार्तिक लागेपछि पनि बैंकहरूमा निक्षेप बढ्न नसकदा र कर्जा लगानी नरोकिँदा वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत छुन लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको कार्तिक १७ गतेसम्मको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८९.८७ प्रतिशत पुगेको छ ।

लगानीयोग्य पुँजीको अभावका बाबजुद पनि कार्तिक लागेपछि सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरूको कर्जा लगानी असोज मसान्तमा ३९ खर्ब ९८ अर्ब रहेकोमा २७ अर्बले विस्तार भएर कार्तिक १७ गतेसम्म ४० खर्ब २५ अर्ब पुगेको छ । तर, सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप भने ३१ अर्बले गायब भएको छ । असोज मसान्तमा ४२ खर्ब ६९ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप कार्तिक १७ मा आउँदा घटेर ४२ खर्ब ३८ अर्बमा झरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस अवधिमा विदेशी मुद्राको निक्षेपमात्रै २४ अर्बले घटेको छ । असोजमा नियामकीय व्यवस्थामा छिद्र खोजेर एक बैंकमा रहेको विदेशी मुद्राको निक्षेप अर्को बैंकमा राखेर कृत्रिम निक्षेप सिर्जना गराएका बैंकहरूले राष्ट्र बैंकको चेतावनीपछि अहिले उक्त निक्षेपको अवधि सकिएसँगै विदेशी मुद्राको निक्षेप घट्दै गएको छ ।

असोज मसान्तमा एक खर्ब ५१ अर्ब रहेको विदेशी मुद्राको निक्षेप कार्तिक १७ गते आइपुग्दा घटेर एक खर्ब २७ अर्बमा झरेको छ । नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिबाट कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी)लाई खारेज गरेर ९० प्रतिशतको सीडी कार्यान्वयनमा ल्याएको थियो । जसले गर्दा अहिले बैंकहरू निक्षेप बढाउन नसक्दा कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । आधा दर्जनभन्दा बढी बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ ।

Royal Enfield Island Ad

तीन खर्ब ४ अर्ब कर्जा विस्तार हुँदा निक्षेप ३७ अर्ब मात्रै बढ्यो

चालु आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरूले कुल ती खर्ब ४ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । ०७८ असार मसान्तमा ३७ खर्ब २१ अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी कार्तिक १७ गते बढेर ४० खर्ब २५ अर्ब पुगेको छ ।

तर, सोही अवधिमा निक्षेप भने जम्मा ३७ अर्बले मात्रै बढेको छ । ०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब एक अर्ब रहेकोमा कार्तिक १७ मा ४२ खर्ब ३८ अर्ब मात्रै पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro