site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कागजमै सीमित तीनकुने पार्क  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको तीनकुने पार्क हवाइ जहाजबाट जो कोही यात्रुले देख्छ । पार्क घाँसेमैदान, शौच गर्ने स्थान फोहोर फाल्ने स्थानका रुपमा परिणत भएको छ । काठमाडौं महानगरपालिकाले तीन वर्ष पहिले चिनियाँ राष्ट्रपति सिचिनफिङ नेपाल आउँदा ६५ लाख रुपैयाँ खर्च गरेर आकर्षक पार्क बनाएको थियो । पार्क वरिपरीे हात्ति, गैडा, घोरललगायत जनावरको आकृति बनाइएको थियो ।
 
दुबो बिछ्याएर, फूल फुलाएर झकिझकाउ बनाइएको थियो । अहिले ती आकृतिहरु फुटेर फुटपाथमा छरपस्ट छन् । दुबो, फूल चोरी भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको १०१ चुनावी प्रतिवद्धताको ७९ औं नम्बरको प्रतिवद्धतामा तिनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण सुरु गर्ने उल्लेख छ । योजना बनाउने तर कार्यान्वयन नहुने गर्दै मेयर शाक्यको कार्यकाल वित्दैछ । अत्याधुनिक बगैंचा, तीनकुने शान्ति मण्डल, बुद्ध पार्क निर्माण गर्ने महानगरका योजना थिए  ।
  
खाली जग्गा वर्षायामको समयमा झारपातले ढाक्छ भने हिउँदको समयमा धुलोधुँवा उड्छ ।  मेयर शाक्यले २०७२/७३ को बजेटमा समावेश गरेका थिए । बजेट अनुसार एक करोड रुपैयाँ पनि विनियोजन गरीे बुद्ध पार्क निर्माणको योजना अघि सारिएको थियो  ।


 
पछिल्लो समय उक्त पार्क निर्माणलाई महानगरले बजेटमा समावेश गरेको छैन । योसँगै महानगर क्षेत्रभित्र ५० भन्दा बढ पार्क निर्माण गर्ने नीति ल्याएको छ । ५० भन्दा धेरै पार्क निर्माण गर्नसक्ने महानगरले तीनकुने पार्क निर्माण गर्न किन सकेन ?
५० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्क निर्माण गर्न एक अर्ब २३ करोड ४६ लाख ७५ हजार ८९४ रुपैयाँ ८ पैसा बजेट छुट्याई प्रारम्भिक प्रस्ताव अघि सारिएको थियो । आर्किटेक्टस् डिजाइन एशोसियट्सले महानगरमा पार्क डिजाइन प्रस्तुत गरेको थियो ।
 
डिजाइन अनुसार पार्कको मध्य भागमा १६ मिटर अग्लो बुद्ध मूर्ति राख्ने, पार्क र बाहिरी भागको बीचमा पानीको फोहराले बनाइने भनिएको थियो । महानगरले योजना अघि बढाउन सकेन । सरकारले बजेट नछुट्याएसम्म पार्क निर्माण गर्न नसकिने महानगरले जनाएको छ । ७ वर्ष पहिले पार्क निर्माण गर्ने योजना थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia


 
प्राकृतिक पार्क बनाइने योजना महानगरको थियो । पार्कभित्रको पार्क शंखचक्र पार्क, भूमिगत पार्किङ गर्न सकिने गरी बनाइने डिजाइन थियो । यस्तै करिब दुईसय जना मानिसले एकैपटक योग गर्न सक्ने प्राकृतिक योग कक्ष राखिने भनिएको थियो ।

मुआब्जा विवाद नमिलेसम्म केही गर्न सकिँदैन : महानगर 
महानगरपालिकाले तीनकुने जग्गाको मुआब्जा विवाद नमिलेसम्म केही पनि गर्न नसकिने जनाएको छ । काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाका अनुसार करिब १८ रोपनी जग्गाको मुआब्जा मिलेको छैन । 

Royal Enfield Island Ad

‘‘केही व्यक्तिले जग्गाको मुआब्जा बुझ्न मानिरहेका छैनन् । मुआब्जा सुल्झाउन सकिएको छैन । मुआब्जा नसुल्झिएसम्म काम अगाडि बढाउन सकिने अवस्था छैन,” प्रमुख थापाले भने । जग्गाधनीले मागेजति मुआब्जा महानगरले दिन नसक्ने जनाएको छ ।

एक वडा, एक पार्क नीति 
एक वडा, एक पार्क निर्माण गर्ने महानगरको नीति छ । नीति अनुसार महानगरका प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने काम भइरहेको प्रमुख थापाले बताए । 

थापाका अनुसार महानगरले साना–ठूला गरी ५० भन्दा बढी पार्क निर्माण गर्ने योजना अघि सारेको छ । ‘‘यी मध्ये केही निर्माण भइसकेका छन् । केही निर्माण हुँदैछन । केही सम्झौताको चरणमा छन्,” उनले भने । 

तीनकुने पार्क निर्माण नहुनुको मुख्य कारण मुआब्जा विवाद रहेको भन्दै महानगर पछि हटेको छ । तीन वर्ष पहिले गरिएको पार्क व्यवस्थापन अहिले भद्रगोल भएको छ । पार्कबाट सार्वजनिक सम्पत्ति (दुबो, पार्क सजावटका सामग्री) चोरी हुँदा पनि महानगरले कुनै पनि योजना अघि सार्न सकेको छैन । मेयर शाक्यका १०१ प्रतिवद्धता मध्ये अधिकांश प्रतिवद्धता अधुरै छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro