विशेष
काठमाडौं । काठमाडौंको धोबिखोलाका ४८ वर्षीय रामप्रसाद १३ वर्षदेखि कुचो व्यवसाय गर्दै आएका छन् । सुरुमा आफैँ कुचो बनाएर व्यवसाय थालेका उनले अहिले १३ जना कामदार राखेका छन् । त्यहाँ कुचोसँगै डोको, नाङ्लोसहित सात किसिममा सामग्रीहरू बनाइन्छ । कुचोको माग १२ महिना नै हुने भएपनि कात्तिकमा बढी खपत हुने गरेको उनी बताउँछन् ।
उनले कच्चा पदार्थ रसुवा, नुवाकोट, दोलखा, सिन्धुलीसहितका जिल्लाबाट ल्याउँछन् । आफ्नो उत्पादनलाई भारतको हैदराबाद, वीरगञ्जलगायतका ठाउँमा पठाउँछन् ।
अहिले तिहारका लागि मात्र करिब १६ लाख बराबरको कुचोको व्यापार भएको रामप्रसादले बताए ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ १८:४५
प्रतिक्रिया दिनुहोस्