चितवन । वाग्मती प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले आफूले एमाले छाड्नु परेको बताएका छन् ।
आज भरतपुर – ९ वडा कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै खनालले एमालेसंँग वैचारिक, सांगठानिक र कार्यशैलीको मतभेदका कारण नेकपा समाजवादी पार्टी स्थापना गर्नुपरेको बताए । “केपी ओलीमा सामन्ती चरित्र हाबी भयो,” उनले भने, “पार्टीमा लगाम एउटासंँग घोडा अर्कोसंँग भयो ।”
पार्टीको सिद्धान्त र समाजवादी र समृद्धिको बाटो ओलीले बिराएकाले आफूहरु अलग हुनुपरेको उनको भनाइ थियो । “नेकपा एमालेमा डन प्रवृत्ति र बा संस्कृति हाबी भयो,” उनले भने, “यो प्रवित्तृको विरुद्ध आन्दोलन सुरु हुन्छ ।” केपी ओलीले समाजवादी तथा जनताको बहुदलीय कार्यक्रम नचलाएको भन्दै आफूहरुले पार्टीबाट अलग हुनुपरेको उनले बताए ।