site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतविरुद्ध यस्तो छ नेपालको सुरुवाती–११
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधिका लागि आझ भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ ।

साफमा पहिलोपटक फाइनल पुगेको नेपालले भारतविरुद्ध खेल्ने आफ्नो अन्तिम–११ सार्वजनिक गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाललाई आजको खेलमा भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ । तर, इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् । जसमा भारतले १५ खेलमा जित हात पारेको छ । जबकि नेपालले २ खेलमात्र जितेको छ । नेपालले पाँच खेल बराबरीमा रोकेको छ ।

भारतले यस प्रतियोगितामै सातपटक उपाधि उचालिसकेको छ ।  लिग चरणको अन्तिम खेलमा भारतले साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । 

Global Ime bank

यता नेपालले बंगलादेशसँग १–१ को बराबरी गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

यस्तो छ भारतविरुद्ध खेल्ने नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल
मिडफिल्डर : पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द
फरवार्ड : सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, सुमन लामा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC