site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी हुन् ला लिगामा जारी सिजनका सर्वाधिक गोलकर्ता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबलको चर्चित लिग स्पेनिस ला लिगा फुटबलको आठौँ साताका खेलहरू समाप्त भइसकेका छन् ।

रियल मड्रिडका खेलाडी करिम बेन्जिमा आठ खेल सकिँदासम्म सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । बेन्जिमाले यो सिजन ला लिगामा आठ खेल सकिँदा नौ गोल गरेका छन् । बेन्जिामाले आठ असिस्ट पनि गरेका छन् । रियल मड्रिड हाल ला लिगाको शीर्ष स्थानमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, रियल सोसिडाडका मिकेल ओयर्जबल जारी सिजन ला लिगाको सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् । उनले क्लबका लागि आठै खेल खेल्दै ६ गोल गरेका छन् । उनले एक असिस्ट पनि गरेका छन् । रियल सोसिडाड हाल ला लिगाको तेस्रो स्थानमा छ ।

त्यस्तै, रियलकै भेनिसिउस जुनियर ला लिगाको सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा छन् । उनले आठ खेल सकिँदा पाँच गोल गरेका छन् । ब्राजिलियन युवा स्टार भेनिसिउसले पछिल्लो समय टिमको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले टिमका लागि दुई असिस्ट पनि गरेका छन् ।

Global Ime bank

ला लिगाको आठौँ चरणका खेलहरू सकिँदा रियल मड्रिड १७ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोको पनि समान १७ अंक छ । एट्लेटिको गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि १७ अंक नै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement