site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याय माग्दै रुबी खान नेपालगञ्जमा आमरण अनशनमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । न्यायका लागि नेपालगञ्जदेखि २० दिन पैदल यात्रा हिँडेर काठमाडौं आएकी रुबी खान आमरण अनशनमा बसेकी छन् । उनले नेपालगञ्जमा प्रहरी हिरासतबाटै आमरण अनशन थालेकी हुन् । 

उनलाई पक्राउ गरेर जबरजस्ती नेपालगञ्ज पुर्‍याइएको हो । खानमाथि बहुविवाहको मुद्दा दायर गरिएको छ । आन्दोलन दबाउन उनीविरुद्ध बदनियतपूर्वक मुद्दा हालेको बुझिएको छ ।
 
निर्मला कुुर्मी र नन्कुन्नीदेवी धोबीको शंकास्पद हत्या भएकोमा प्रहरीले अनुसन्धान नगरेको भन्दै रुबीसहित पीडित र १४ अभियन्ताहरू काठमाडौं आएका थिए । माइतीघर मण्डलामा आन्दोलनमा बसिरहेका उनीहरूलाई शुक्रबार साँझ प्रहरीले खाना खाइरहेको अवस्थामा धरपकड गरेको थियो । खानलाई नेपालगञ्ज पुर्‍याइयो भने अरूलाई  सिंहदरबारको प्रहरी कार्यालयमा राखियो । 

धरपकडमा लाठी चार्ज हुँदा आन्दोलनकारीहरू घाइते भएका छन् । निर्मला कुर्मीको हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मीले प्रहरी लगाएर आन्दोलन दबाउन धरपकड गरेको उनीहरूको आरोप छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नन्कुन्नीदेवीकी भाइ माताप्रसाद धुर्वीले प्रहरीले शान्तिपूर्ण आन्दोलन गरेर साँझको खाना खान सुरु गर्दैगर्दा अचानक आएर लछारपछार गरेर सबैलाई पक्राउ गरेर भ्यानमा कोचेको बताए । उनले भने, “हामी माथि लाठी चार्ज भयो । यो सबै बादशाह कुर्मीले गरेको हो । हामी डराएका छैनौँ । न्याय नपाएसम्म फर्कदैनौँ ।”

Royal Enfield Island Ad

यस्तै आन्दोलनमा सहभागी रीना चमारले धरपकड गर्दा रुबीको हिँडेर उठेका ठुल्ठुला फोका लाठीले फुटाएर प्रहरीले हिँड्न नसक्ने बनाएको दाबी गरिन् । प्रहरीको धरपकडपछि सबैको झोला भेटिएको तर रुबीको झोला नभेटिएको उनको भनाइ छ । “त्यसमा ल्यापटप, कागजात र खर्चपानीका लागि ५० हजार थियो,” उनले भन्छिन्, “हामी न्याय नपाएसम्म यहाँबाट जाने छैनौँ । रुबी दिदीलाई नछोडेसम्म र हत्या भएका महिलाले न्याय नपाएसम्म छोड्ने छैनौँ ।” 

प्रहरीले अरू आन्दोलनकारीलाई शनिबार बिहान ११ बजे पुनः माइतीघरमै ल्याएर छोडिदिएको थियो । तर, खानलाई भने नेपालगञ्ज लगियो । उनीविरुद्ध प्रहरीले बहुविवाहको मुद्दा दायर गरेको छ । भदौ २५ मै खानलाई समात्न पक्राउ पुर्जी पाएपनि काठमाडौं आएपछि समात्नुले प्रहरी कार्बाहीलाई शंकास्पद रूपमा हेरिएको छ । हाल आन्दोलनको नेतृत्व गरिरहेकी सकिना तेलीले प्रहरीले छोडपत्र गरिसकेकी खानलाई बहुविवाह मुद्दा हाल्नु गलत भएको औँल्याइन् । उनले भनिन्, “आठ वर्षअघि उहाँको डिभोर्स भइसक्यो । बहुविवाह कसरी हुन्छ ? फेरि पक्राउ पुर्जी भदौ २५ को छ, अहिले किन गिरफ्तार गरियो ?”

यसबारेमा प्रहरीसँग सोध्दा केन्द्रीय प्रहरी कार्यालयका डीआइजी वसन्तकुमार लामाले खानलाई अदालतले पक्राउ पुर्जी दिएकाले गिरफ्तार गरेको बताए । “अरू आन्दोलनकारी हकमा उनीहरूले अशान्तिपूर्वक आन्दोलन गरी अवरोध पुर्‍याएको भएरै समातेको हो । यदि प्रहरीले गल्ती गरेको रहेछ भने छानबिन गरेर हामी कारबाही गर्छौँ,” उनले भने । 

अभियन्ताहरूले गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलसँग वार्ता गरेका छन् । गुह मन्त्रालयले धरपकड गर्दा लाठी चार्ज गर्ने प्रहरी माथि छानबनि गरिने र दुई महिलाको हत्याको विषयमा छानबिन गरिने आश्वासन दिएको तेलीले बताइन् ।  

घटनाको वस्तुस्थितिबारे नेपालगञ्ज प्रहरीलाई सोध्दा एसपी श्यामकृष्ण अधिकारीले नन्कुन्नीदेवीले आत्महत्या गरेको बताए । तर, अहिले हत्याको आरोपमा पति र जेठानलाई गिरफ्तार गरी जिल्ला कारागार नेपालगञ्ज राखेको जानकारी दिए । उनले भने, “पोस्टमार्टन रिपोर्टमा आत्महत्या नै देखिएको छ । तर, उहाँहरू मान्नुहुन्न । आत्महत्या दुरुत्साहन भने मुद्दा चलाउन सकिन्थ्यो ।”

यस्तै, उनले निर्मला कुर्मीको केस निकै पुरानो भएकाले उनी मरेकै भन्ने कुनै प्रमाण नभेटिएको र यसबारेमा छानबिन भइरहेको बताए । हाल जिल्ला प्रशासन कार्यालय बाँके प्रमुखविहीन छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको बिहीबार सरुवा भएपछि कार्यालय प्रमुुख विहीन बनेको हो । तर, सोचनीय कुरा के हो भने एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले छानबिन राम्रोसँग नगरेको भन्दै उनीहरूलाई कारबाही गर्न अभियन्ताहरूले माग गरेका छन् । गेलालले पनि जानुअघि उनीहरूविरुद्ध विभागीय कारबाही गर्ने प्रक्रिया बढेको बताएका थिए ।  

साउन ५ मा नन्कुन्नीदेवी झुण्डिएको अवस्थामा कोठामा फेला परेकी थिइन् । तर, मातादेव धुर्वीले दिदी नन्कुन्नीदेवीलाई बिहे भएको ७ वर्षमा बारम्बार कुटपिट गर्ने र मार्ने धम्की दिएको र अहिले हत्या गरेको बताए । चौतर्फी दबावपछि प्रहरीले बल्ल पति रामकुमार धोबी र उनका दाजुलाई गिरफ्तार गरेको तर कुनै कारबाही प्रक्रिया अगाडि नबढाएको उनले बताए ।

यस्तै, निर्मला कुर्मीको हत्यामा संलग्न नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मी अहिलेसम्म पक्राउ परेका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro