राजनीति
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले सञ्चारमाध्यमको विकृतिलाई रोक्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने बताए । त्यस्तै उनले सरकारको कामकारबाहीलाई पारदर्शी बनाउन सूचना प्रविधीको उच्च प्रयोग अपरिहार्य रहेको बताए ।
मन्त्री कार्कीले डिजिटल हस्ताक्षर गर्दै पदबहाली गरेका थिए । यसअघि उनी कानुमन्त्री थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८ २०:२१
प्रतिक्रिया दिनुहोस्