site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशमाथि माल्दिभ्सको जित, फाइनल समीकरण रोमाञ्चक मोडमा

काठमाडौं । अली अश्फाक र हाम्जा मोहम्मदको गोलमा आयोजक माल्दिभ्सले आज साफ च्याम्पियनसिपमा बंगलादेशलाई २–० ले हराएको छ । 

जारी संस्करणमा माल्दिभ्सको यो पहिलो जित हो । साविक विजेता माल्दिभ्स पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । माल्दिभ्सले अब प्रतियोगितामा श्रीलंका र भारतविरुद्ध खेल्न बाँकी छ । चार अंकका साथ दोस्रो स्थानमा रहेको बंगलादेशले नेपालसँग खेल्न बाँकी छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ ।

माल्दिभ्सको जितसँग साफमा अबको समीकरण रोमाञ्चक बनेको छ । नेपाल, बंगलादेश, माल्दिभ्स र भारतमध्ये दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन् । 

नेपाललाई अब दुवै खेल बराबरी गरेमात्र पनि पुग्छ । तर, पराजित भएको अवस्थामा नेपालको यात्रा पनि कठिन बन्न सक्छ । यस संस्करणमा पाँच टोलीले मात्र सहभागिता जनाएका छन् । राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । त्यसकारण अझै पनि सबै टोलीको ढोका खुला रहेको छ । 

माल्दिभ्सले ५५औँ मिनेटमा हाम्जाको गोलबाट अग्रता लिएको थियो । हाम्जाले हुसैन निहानको पासमा एक्रोबाइटिक सटमा गोल गरेका थिए । ३६ वर्षे फरवार्ड अश्फाकले ७४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर बनाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ००:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro