site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोलको तार काट्ने निर्णयबाट पछि हट्यो विद्युत् प्राधिकरण 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण इन्टरनेटका तार काट्ने निर्णयबाट पछि हटेको छ । आम सर्वसाधारण मारमा पर्ने देखेर प्राधिकरण पछि हटेको हो ।

पछिल्लो समय विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणबीच पोलको भाडादर नमिल्दा देशका विभिन्न जिल्लाहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन थालेको थियो । प्राधिकरणले बढाएको पोलको भाडा दूरसञ्चारले नतिर्दा प्राधिकरणले तार काट्न थालेसँगै इन्टरनेट सेवा अवरुद्ध हुन थालेको थियो । आज उक्त निर्णयबाट प्राधिकरण पछि हटेको हो ।

पोलका तार काट्नुको विकल्पमा छलफल नगरी एक्कासि तार काट्दा यस्तो समस्या आएको दूरसञ्चार प्राधिकरणको दाबी छ । शनिबार प्राधिकरणले चितवनमा इन्टरनेटको तार काट्दा इन्टरनेट सेवा प्रदायकहरू आन्दोलनमा उत्रिएका थिए । अरू इन्टरनेट प्रदायकहरू पनि आन्दोलन गर्ने तयारीमा थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

के हो विवाद ? 
दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले विद्युत् प्राधिकरणले वार्ता गर्न नचाहँदा र अरू विकल्प नरोज्दा यस्तो समस्या आएको बताए । ‘‘पोलको तारहरू काट्दा आम सर्वसाधारणहरू मारमा परेका छन् । प्राधिकरणले यसतर्फ पनि ध्यान दिनुपर्ने थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल, दूरसञ्चार प्राधिकरणको छलफलमा विद्युत् प्राधिकरणबीच छलफल हुने भएको थियो । तर, प्राधिकरण छलफलमा आएन । सिधै तार काट्ने निर्णय लियो । यो दण्डनीय छ, यसको भागीदार विद्युत् प्राधिकरण नै हुनुपर्छ,” उनले भने ।

दूरसञ्चारले विरोध जनाउँदै सूचना पनि जारी गरेको छ । इन्टरनेट प्रदायहरू आन्दोलनमा उत्रिएका छन् । काठमाडौं, मोरङ, धरान, ताप्लेजुङ, कैलाली, रुपन्देही, चितवनलगायत जिल्लाहरूमा इन्टरनेटका तार काटिँदा इन्टरनेट सेवा अवरुद्ध भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

Royal Enfield Island Ad

विद्युत् प्राधिकरणले तीनपटक सार्वजनिक सूचना जारी गर्दै यही असोज १५ गतेभित्र प्राधिकरणले बढाएको पोलको भाडा तिर्न पत्राचार गरेको थियो । उक्त सूचनाअनुसार पोलको भाडा नतिरे तार काट्ने चेतावनीबमोजिम  शनिबारदेखि तार काट्न सुरु गरेको थियो ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघले पोलको बढेको भाडादरका आधारमा ग्राहकलाई १५० देखि ३०० रुपैययाँसम्म शुल्क बढ्ने जनाएको छ । महासंघका महासचिव नारायण थापाले प्रत्यक्ष रूपमा ग्राहकलाई समस्यामा पार्ने काम गरिएको बताए ।

उनले भने, ‘‘सर्वसाधारणसँग जोडिएको सेवा प्रदायकलाई प्राधिकरणबीचको छलफलले टुंगोमा पुग्नुपर्ने थियो । तर, प्राधिकरणले छलफल नै गर्न मानेन । प्राधिकरणले सहरी क्षेत्रमा ७५० र ग्रामीण क्षेत्रमा ६०० रुपैयाँसम्म पोलको भाडादर बढायो । यो भाडादर २०७३ सालमा प्राधिकरणले कायम गरेको पोलको भाडाको सात गुणा बढी हो । पहिले गाउँपालिका, नगरपालिका, महानगरपालिका र उपमहानगरपालिका गरी ५० रुपैयाँदेखि २५० रुपैयाँसम्म पोलको भाडा थियो ।”

दूरसञ्चार ऐन, २०५३ मा कसैले सर्वसाधारणसँग जोडिएको सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहेको प्रवक्ता पौडेलको भनाइ छ । ‘‘उक्त ऐनको उल्लंघन गर्दै प्राधिकरणले तार काट्ने काम गरेको छ । दूरसञ्चार प्राधिकरणको तर्फबाट विद्युत् प्राधिकरणसँग छलफल गरी निष्कर्षमा पुगी समस्या समाधान गर्ने भनेका थियौँ । तर, प्राधिकरणले एकतर्फी निर्णय गर्‍यो । अब यो मुद्दा दूरसञ्चारअन्तर्गत रहेन । हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई हेर्न पत्राचार गरिसकेका छौँ । अब मन्त्रालयले नै के निर्णय गर्छ, त्यसकै आधारमा चल्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro