site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा डिजिटल सेफ्टी जागरूकताका निम्ति सेफ्टी एम्बासडरसँग टिकटकको छलफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बासडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन कार्यक्रमको आयोजना गरेको छ । विश्वव्यापी रूपमा एक बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो ।

नयाँ र विविधतायुक्त समुदायको लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको अर्को कारक भनेको प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा यसको जोडदार फोकस थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रियटरसहितको प्यानल छलफल गरिएको थियो ।

नेपालका क्रियटर कम्युनिटी र पत्रकारहरू सम्मिलित फुल–हाउस दर्शकहरूलाई सम्बोधन गर्दै प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए । उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो । प्रश्न–उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तर्क्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे ।

Royal Enfield Island Ad

प्रयोगकर्ताहरूको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको बताइएको छ । सेफ्टी एम्बासडर कार्यक्रमले नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई सुदृढ बनाउँछ । यस प्लेटफर्मले प्रयोगकर्ताहरूको अनलाइन र अफलाइन सुरक्षाका लागि निरन्तर लडिरहेको बताइएको छ। यो अभियान प्रयोगकर्ताहरूलाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा शिक्षित गर्ने टिकटकको सक्रिय प्रयासहरूको एक उदाहरण पनि हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro