site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हेल्प नेपालको शतप्रतिशत जित, एनभीए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनल समीकरण पूरा 
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । साविक विजेता हेल्प नेपालले आज गलकोट स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

समूह चरणको अन्तिम खेल जितेसँगै हेल्प नेपाल समूह ‘ए’को विजेता बनेको छ । समूहमा चरणमा सबै खेल जितेको हेल्प नेपालले ९ अंक जोड्यो । हारका बाबजुद गलकोटले उपविजेता बन्दै अन्तिम आठमा स्थान बनायो । गलकोटको ६ अंक छ । यसअघि, दुवै टोलीले वाग्मती प्रदेश  र प्रदेश नम्बर–२ लाई हराएका थिए ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हेल्प नेपालले गलकोटलाई २५–१८, २२–२५, २५–२२ र २५–१९ को स्कोरमा हराएको हो ।

हेल्प नेपालले अब समूह ‘सी’को उपविजेता नयाँ बजार युवा क्लबविरुद्ध खेल्नेछ ।  पराजित गलकोटले समूह ‘सी’को विजेता त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्नेछ ।

क्वार्टरफाइनलका अरू खेलमा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लबले समूह ‘डी’को उपविजेता ढोरपाटन स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को उपविजेता गण्डकी प्रदेशले अर्को विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ समूह ‘डी’ विजेता टोली हो ।

नेपाल पुलिस क्लबले आजै गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro