site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता हेल्प नेपाल र गण्डकी क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता टोली हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएका छन् । 

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले प्रदेश २ लाई ३–० को सोझो सेटमा हराएको थियो । लगातार दोस्रो जित निकालेको हेल्प नेपालले समूह ‘ए’मा ६ अंक जोडेको छ । लगातार दोस्रो हारसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरियो । प्रदेश २ ले अब समूहको अन्तिम खेल वाग्मती प्रदेशविरुद्ध खेल्नेछ । वाग्मती प्रदेश पनि दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ । 

समूह ‘ए’बाट गलकोट स्पोटर््स क्लबले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । गलकोट र हेल्प नेपालबीचको खेलले समूह ‘ए’ को विजेता र उपविजेता टुंगो लाग्नेछ ।  

भारतीय खेलाडीको साथ पाएकोे हेल्पले प्रदेश दुईलाई २५–२१, २५–१७, २५–१६  को सेटमा हराएको हो ।

आजै पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेशले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’ को गण्डकीले मणिमुकुन्दलाई मणिमुकुन्द २६–२४, ३६–३४, १८–२५, २५–२७, १५–१३ को सेटमा हराएको हो । 

लगातार दोस्रो जितसँगै पाँच अंक जोडेको गण्डकीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । एक अंक जोडेको मणिमुकुन्द भने प्रतियोगिताबाट बाहिरिएको छ । 

समूह ‘बी’मा नेपाल पुलिस क्लबले ६ अंक जोडेको छ । समूहको अन्तिम खेलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्ने छ । सोही खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । मणिमुकुन्दले समूहको अन्तिम खेलमा दावाँली मिलन क्लबविरुद्ध खेल्नेछ । दुई खेल हारेको दावाँली मिलन अंकबिहीन छ । 

अहिले त्रिभुवन आर्मी र नयाँ बजार युवा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । समूह ‘सी’बाट त्रिभुवन आर्मी र नयाँबजारले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । आजकोे खेलले समूह विजेताको टुंगो लाग्नेछ । अन्तिम खेलमा एपीएफले ढोरपाटनविरुद्ध खेल्नेछ । समूह ‘डी’ बाट पनि एपीएफ र ढोरपाटन स्पोटर््स क्लबले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । आजको खेलबाट समूह ‘डी’ को पनि समूह विजेता टुंगो लाग्नेछ । 

पुरुषतर्फ १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ र ‘बी’ मा समान चार टोली छन् भने समूह ‘सी’ र ‘डी’ मा समान तीन टोली छन् । प्रत्येक समूहबाट दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro