site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सवारी लाइसेन्सको ट्रायल परीक्षामा फेरि बिचौलियाको बिगबिगी !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल परीक्षा दिन पाइने व्यवस्था खारेज गरेपछि बिचौलियाको बिगबिगी बढ्ने देखिएको छ । विभागले आफ्नै नियमलाई संशोधन गर्दै ट्रायल परीक्षाका क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गरेर परीक्षा दिन नमिल्ने व्यवस्था गरेपछि परीक्षार्थीहरू बिचौलियाको मारमा पर्ने भएका हुन । 

विभागले ०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा सवारी लाइसेन्सको ट्रायल परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरेको थियो । बिचौलियाहरूको सवारीसाधन प्रयोग गरेर ट्रायल परीक्षाको तयारी र परीक्षा दिँदा लामो समयदेखि ट्रायलको परीक्षा दिने परीक्षार्थीहरू मारमा पर्दै आएका छन् । तर, बिचौलियाको ‘दबाव थेग्न नसकेपछि’ विभागले उक्त व्यवस्था कार्यान्वयमा नआउँदै सशोधनमाफर्त हटाइदिएको छ । 

Agni Group
NIC Asia

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे भने बिचौलियाका कारण उक्त व्यवस्था हटाइएको भन्नेमा सत्यता नभएको बताउँछन् । उनका अनुसार यातायात व्यवस्था कार्यालयहरू र ट्रायल सेन्टरहरूबीच ट्रायल सेन्टरकै सवारी साधनमामात्रै परीक्षा सञ्चालन गराउने सहमति रहेछ ।

‘‘यस विषयलाई सर्वोच्च अदालतले कार्यान्वयन गर्नु भनेर जारी गरेको आदेश आएको छ । त्यसैले आफ्नै सवारी साधनमा ट्रायल दिनुपर्ने पक्ष व्यावहारिक देखिएन । नेपालमा सिकारु लाइसेन्स दिने चलन छैन,” उनले भने, ‘‘ट्रायल दिन आउने मानिसको सवारी साधन ट्रायल सेन्टरसम्म ल्याइपुर्‍याउँन परीक्षा दिने मानिसले नभई अर्को व्यक्तिले चलाएर आउनुपर्ने हुन्छ । एकजनाले ट्रायल दिने र अर्कोले ल्याउने पुर्‍याउने गर्नुपर्‍यो । यसले गर्दा दुईजना व्यक्ति आउनु पर्‍यो । अर्को व्यक्तिले प्रयोग गरेको लाइसेन्सका आधारमा सवारी साधन चलाउनेहरू बढ्ने भए ।”

Global Ime bank

आफ्नो सवारीसाधन लिएर ट्रायल परीषाका लागि आउँदा पार्किङको पनि समस्या देखिने महानिर्देशक घिमिरेको भनाइ छ । ‘‘आफ्नो सवारी साधन लिएर ट्रायल सेन्टरमा आउँदा ट्रायल सेन्टर अस्तव्यस्त बन्छ । ट्रायल सेन्टरमा दैनिक ५०० भन्दा बढी परीक्षार्थीहरूको परीक्षा सञ्चालन हुन्छ । यस अवस्थामा आफ्नै सवारी लिएर ट्रायल दिने वातावरण हुँदैन । अर्को कारण भनेको कानुन बमोजिम सवारी लाइसेन्स नभएका मानिसले आफ्नो सवारीमा ट्रायल दिने व्यवस्था छैन । यस्ता विविध कारणले यो नियम तत्काल खारेज गर्न पुगेका हौँ । बिचौलियाको बिगबिगीले होइन,” महानिर्देशक घिमिरेले भने ।

उनी सबै प्रावधानहरूको पूर्ण पालना गरे आफ्नै सवारीमा पनि ट्रायल परीक्षा दिन पाइने बताउँछन् ।

परीक्षार्थीहरूले भने ट्रायल सेन्टरकै सवारी साधनमा ट्रायल परीक्षा दिँदा सवारी साधनमा हात बसिसकेको नहुने र अर्काको सवारी प्रयोग गर्दा फेल भएर पुनः दुईतीनपटक परीक्षा दिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका छन् । 

विभागको संशोधित निर्देशिकामा ट्रायल परीक्षामा ७० अङ्क ल्याए पास हुने व्यवस्था छ । ट्रायलमा परीक्षामा ७० अङ्क ल्याए पास हुने व्यवस्था लागु भएपनि अर्काको सवारी साधनमा परीक्षा दिँदा फेल सम्भावना बढी रहन्छ । जसले प्रतक्ष वा परोक्ष रूपमा बिचौलियालाई नै पोस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय