site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपराध : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको तथ्यांकले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी तोकिएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा आज  सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गर्दै उक्त जानकारी गराएका हुन् ।

वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू जानकारी गराउँदै आपराधिक घटनाका दैनिक १६२ वटा मुद्दा दर्ता हुने गरेको जानकारी दिए । ती घटनाहरूमा दैनिक ११७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए । 

Dabur Nepal
NIC Asia

वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार कर्तव्य ज्यानमा गत वर्षको चार महिनामा १९३ घटना रहेकामा र हाल सोही अवधिमा १९२ घटना भएको छ । संगठित अपराधमा मुद्दा बढेको पाइएको छ । संगठित अपराधमा गत वर्ष पाँच रहेकामा हाल सोही चार महिनाको अवधिमा ३९ वटा मुद्दा दर्ता भएको छ ।

जबर्जस्ती करणीमा गत वर्षको चार महिनामा आठ सय नौ वटा रहेकामा यस वर्ष ८२३ वटा मुद्दा दर्ता गरिएको वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए । उनले कर्तव्य ज्यानतर्फ सबैभन्दा बढी कोसी प्रदेशमा २३.९५ र कर्णालीमा जम्मा ६ वटा मुद्दा ३.२५ प्रतिशत दर्ता भएको जानकारी दिए । उनले आत्महत्यामा पनि कोसीमा बढी र कर्णालीमा कम रहेको बताए ।

जबर्जस्ती करणीमा सबैभन्दा बढी कोसीमा र सबैभन्दा कम गण्डकीमा घटना घटेको जानकारी दिँदै वरिष्ठ उपरीक्षक अधिकारीले करणी उद्योगमा पनि कोसीमा बढी भएको बताए । उनले बैंकिङ कसुरका घटना बढेको र उपत्यकामा मात्रै ५७.७७ प्रतिशत घटना दर्ता भएको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अपराधमा वृद्धि भएको तथ्यांकले देखाएको बताए । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro