काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल–शेखर कोइराला पक्षबीच भएको बैठक सम्पन्न भएको छ । डडेलधुरा जिल्लाको अधिवेशनका विषयमा छलफल गर्न बोलाइएको बैठक भर्खरै सम्पन्न भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार भएका क्रियाशील विवाद मिलाएर मंगलबार हुने वडा अधिवेशन गर्ने विषयमा छलफल भएको छ । त्यी नेताका अनुसार भोलि कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाल बसेर क्रियाशील विवाद भएका बाँकी जिल्लाहरुको विवाद समाधान गर्ने सहमति भएको छ । “अब अधिवेशन रोक्न भन्दा पनि गर्न तर्फ लाग्नुपर्छ भन्ने निष्कर्ष निकालियो ,” उनले भने ।
डडेलधुराका विषयमा के भयो भन्ने जिज्ञासामा ती नेताले डडेलधुराको विषयमा थप विवाद गर्न आवश्यक नरहेको बताए ।
“अब हामीले विस्तारै आँखा चिम्लनुको विकल्प छैन, शेरवहादुर देउवासँग जोरी खोजेर अधिवेशन नहुँने हो कि भन्ने डर पनि छ,” उनले भने ।