site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बंगलादेशसँग खेल्दै नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रगंशालामा हुने नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । पहिलो खेलमा दुवै डेब्यु खेलाडी प्रीति राई र सविता रानाले गोल गरेका थिए । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र बंगलादेशबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो टोली हो । नेपाल हालसम्म बंगलादेशविरुद्ध अपराजित छ । अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका सात खेलमध्ये नेपाल कुनैमा पनि पराजित भएको छैन ।

नेपालले पहिलोपटक सन् २०१० को दक्षिण एसियाली खेलकुद (साग)मा बंगलादेशको सामना गरेको थियो । उक्त खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । नेपालका लागि जमुना राईले गोल गरेकी थिइन् ।

Global Ime bank

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘एफ’मा छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।

नेपालले फिलिपिन्ससँग उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ । दुई देशबीचको खेल आउँदो सेप्टेम्बर १८ मा हुनेछ । त्यस्तै, हङकङसँग हुने दोस्रो छनोट खेल सेप्टेम्बर २१ मा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । युवा खेलाडीले भरिएको नेपाली टोलीको सम्भावना बलियो छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC