site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकले भन्यो– ‘क्रिप्टोकरेन्सी’ गैरकानुनी, कारोबार गरे कारबाही
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ ।

केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गर्न प्रोत्साहन गर्ने/गराउने कार्य भइरहेको भन्दै  त्यस्तो कार्यमा संलग्नलाई कारबाही हुने चतावनी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हालका दिनमा ‘क्रिप्टोकरेन्सी’ कारोबार, प्रयोग र ‘माइनिङ’ जस्ता कार्यक्रमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे वा गरेको पाइएमा प्रचलित कानुमबमोजिम सजाय हुनेछ,” राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा लगानी गर्ने अवसर भन्दै छोटो समयमै राम्रो प्रतिफल दिने उल्लेख गरिएको पोस्टहरू देखिएको र त्यसमा लगानी गर्न हुने/नहुने भन्दै राष्ट्र बैंकमा सोधपुछ बढेकोले राष्ट्र बैंकले उक्त सूचना जारी गरेको बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

Global Ime bank

यद्यपि, अहिलेसम्म कोही नागरिकले पनि ठगीमा परेको भनेर गुनासो भने नगरेको उनले स्पष्ट पारे । तर, लगानी गर्न हुन्छ कि हुँदैन भनेर सोधपुछ भने भइरहको उनले बताए । नेपालमा क्रिप्टोकरेन्सीमा लगानी गर्नु गैरकानुनी भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय