site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
समावेशी प्रतिनिधित्त्व रोक्न कसले गर्‍यो कांग्रेसमा डिजाइन ? 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व समाप्त हुनेगरी विधान र निर्देशिका आएको भन्दै विरोध सुरु भएको छ । बाह्रो महाधिवेशनदेखि नै २४० निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने गरेकोमा यसपटक त्यो समाप्त पारिएको भन्दै विरोध सुरु भएको छ । विगतमा समावेशी समूहका प्रतिनिधिबाट समान्य विरोध भए पनि अहिले त्यो विरोध उच्च पदाधिकारीहरुबाटै देखिएको छ ।
 
“कांग्रेससमा समावेशी प्रतिनिधित्व समाप्त गर्ने षडयन्त्र भएको छ,” उपसभापति विमलेन्द्र निधिले भने, “यो गम्भीर डिजाइनबाट भएको छ, यसलाई सच्याउन आवश्क छ । उनले यसअघि हुँदै आएको प्रतिनिधित्व सुनिश्चित गर्दै संविधानले गरेको व्यवस्थालाई अझ फराकिलो गरी कार्यान्वयन गर्नुपर्ने बताए । निधिले आजै सभापति देवालाई भेटेरै समावेशी प्रतिनिधित्वको व्यवस्था पालिका अधिवेशन अघि नै सच्याउन र सबै तह हुँदै महाधिवेशन प्रतिनिधि चयनमा पनि पुरानै व्यवस्था कायम गर्न ध्यानाकर्षण गराउँदै छन् ।
 
कांग्रेसमा १२औ महाधिवेशनदेखि पाँचवटा क्लस्टरमा प्रतिनिधित्व हुँदै आएको थियो । दुइवटा महाधिवेशनमा अभ्यास भएको समावेशी प्रतिनिधित्व संविधान आएर आठवटा क्लस्टरको प्रतिनिधित्वको व्यवस्था गरेपछि कांग्रेसमा भने पुरानो प्रतिनिधित्वलाई समेत अझ खुम्च्याउने काम भएको छ । संविधान अनुसारको व्यवस्था गर्न संशोधन गरिएको विधान र त्यसको कार्यान्वयनका लागि बनाइएको निर्वाचन निर्देशिका निर्माणमा समावेशी प्रतिनिधित्व खुम्च्याउने काम भएको असन्तुष्टहरुले बताएका छन् । विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्का र निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिएका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले गलत काम गरेको उनीहरुको टिप्पणी छ । 

“निर्वाचन निर्देशिका बनाउँदा सहमहामन्त्री डा. प्रकाशसरण महतले क्रियाशील सदस्य भन्नुभयो, डा. मिनेन्द्र रिजालले सम्बन्धित वडाको प्रतिनिधित्व भन्नुभयो,” केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, “दुबैतिर कुरा सुन्दा ठिक हो जस्तो सुनियो तर प्रतिनिधित्व समाप्त पार्ने काम त्यहीँबाट भएको छ ।” विश्वकर्माले मंगलबारको संसदीय दल बैठकमा पनि राजीनामा किन दिनुभयो भन्दै प्रश्न उठेपछि समावेशीका विषयमा कुरा राखेका थिए ।

Dabur Nepal
NIC Asia

“भगवान बुद्ध हिंसा र अत्याचारविरुद्ध दरबार छोड्नुभयो र मानव समाजको मुक्तिका लागि हिड्नुभयो । उहाँले आफ्ना भक्तहरुलाई मूर्ति नबनाउन आग्रह गर्नुभएको थियो, तर तीनै भक्तहरुले बुद्धका ठूला ठूला मूर्ति बनाए,” विश्वकर्माले बैठकमा भनेका थिए, “सभापतिज्यू तपाईंका कदमजमका व्याख्याताहरुले पनि त्यस्तै काम गरे, म पनि एउटा भक्तको नाताले त्यसमा विरोध जनाएर राजीनामा गरेको हुँ ।” 

उनले पार्टीका डाक्टरहरुको हिसाव ठिकठाक भए पनि पार्टी भने ‘भड्खालो’मा जान लागेको भन्दै सभापतिको ध्यानाकर्षण गराएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro