site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
समावेशी प्रतिनिधित्व बढाउन ‘लबिङ’ गर्दै नेताहरू, देउवाले बोलाए शीर्ष नेताको बैठक
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व बढाउन ‘लबिङ’ सुरु भएको छ । निर्वाचन निर्देशिकाले समावेशी क्लस्टरको धज्जी उडाएको भन्दै दबाव दिएर वडा तहमा एकजनामात्रै सदस्य भएपनि समावेशी क्लस्टरको प्रतिनिधित्व सुनिश्चित भएपछि नेताहरू अब प्रदेश/प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधिको ‘लबिङ’मा जुटेका हुन् । 

नेताहरू फर्मूल्लाह मन्सुर, जीवन परियार मुस्लिम संघका अध्यक्ष अबदुल सतारसहितका नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूलाई विगतका गल्ती सच्याउन तयार रहेको भन्दै सभापति देउवाले प्रतिनिधित्वका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

“हामीले वडामा जस्तै समावेशी प्रतिनिधित्वको सुनिश्चिता गर्नुपर्ने माग गर्‍यौँ,” नेता मन्सुरले भने, “उहाँले म निर्देशिकाका कमजोरी हटाउन पहल गर्छु भन्नुभएको छ ।” उनले त्यसबारे भोलिसम्म निर्णय हुनेमा आफूहरू आशावादी रहेको बताए ।
 
कांग्रेस नेता अतहर कमाल मुसलमान भने एउटै विषय पटकपटक उठाउनु ठिक नहुने बताउँछन् । “विगतमा निर्देशिकामा समस्या भएपछि त्यसलाई सच्याउन एउटा निर्णय भयो, त्यही निर्णयमा क्षेत्र, जिल्ला र केन्द्रीय तहसम्मको प्रतिनिधित्वको विषय टुंग्याउनुपथ्र्यो,” कमालले भने, “अहिलेको विषम परिस्थितिमा सभापतिज्यूको जिम्मेवारी सरकारको पनि छ । यस्तोबेला उहाँलाई पटकपटक अल्मल्याउने काम गर्नु हुन्न ।” 

Dabur Nepal
NIC Asia

नेता मन्सुर भने अब सभापति, वरिष्ठ नेतासहितको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म पतिनिधित्वको सुनिश्चित हुने विश्वास गर्छन् ।

“जसरी वडा अधिवेशनमा एकजना मात्र क्रियाशील सदस्य छ भनेपनि कार्यसमिति र प्रतिनिधिमा सुनिश्चित गर्ने व्यवस्था भयो । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधिको सुनिश्चितता गरिनुपर्छ,” मन्सुरले भने, “सम्भवतः शीर्ष नेताको बैठकले यसको निर्णय लिने छ ।”

कांग्रेसको संस्थापनकै कतिपय नेताहरूले भने राजनीतिक भूमिकामा आफूलाई खरो रूपमा नउतार्नेहरूले समावेशिताको बैसाखी खोजिरहेको भन्दै त्यसले नेतृत्व विकासमा बाधा खडा गर्ने र समावेशी समूहका नेताहरूलाई थप अल्छी बनाउने गर्छन् । 

देउवाले बोलाए शीर्ष नेताको बैठक 
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक डाकेका छन् । देउवाले बिहान साढे ८ बजे बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा महामन्त्री शशांक कोइरालासहितका नेताहरूलाई बोलाएका छन् । उनले हतारमा निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस् 

 

कांग्रेसले निर्देशिका संशोधन गर्दा कति क्षेत्रीय प्रतिनिधि बढ्छन् ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro