साहित्य
मुम्बई । लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेका कलाकार अरमान कोहलीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ । उनलाई एनडीपिएस अदालतले बुधबार न्याययिक हिरासतमा पठाउने फैसला गरेको हो ।
यही हप्ताको सुरुवातमा उनको अन्धेरीस्थित निवासमा खोजतलास गरेर एनसीबीले १ ग्राम कोकिन (लागुऔषध) बरामद गरेको थियो । एनसीबीले उनीमाथि अनुसन्धानका लागि १४ दिनको समय मागेको थियो । एनसीबीको माग अनुरूप नै अदालतले फैसला सुनाइदिएको हो ।
कलाकार कोहलीमाथि एनसीबी लागुऔषधसहित गम्भीर आरोप लगाएको छ ।
गत वर्षदेखि एनसीबीले भारतमा लागुऔषधलाई जरैदेखि उखेल्ने अभियान चलाइरहेको छ । बलिउड हंगामाबाट ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८ २१:०४
प्रतिक्रिया दिनुहोस्