site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यातायात व्यवस्था विभागले एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन थाल्याे
सांकेतिक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

कठमाडौं । यातायात व्यवस्था विभागले एक वर्ष अवधिको परीक्षणकालीन सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण थालेको छ । विभागले लाइसेन्सको ट्रायल परीक्षा पास गरिसकेका र नवीकरण गर्न बाँकी आवेदकलाई परीक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको हो ।

यातायात व्यवस्था विभागकाअनुसार खरिद गरिएको स्मार्ट कार्ड आउने टुङ्गो नलाग्दा अस्थायी रूपमा उक्त लाइसेन्स वितरण थालिएको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले परीक्षामा पास भएका चालकले लामो समयसम्म लाइसेन्स पाउन नसेकपछि उक्त लाइसेन्स वितरण गर्न थालिएको जानकारी दिए । 

‘‘तत्काल विभागसँग स्मार्टकार्ड नहुँदा नयाँ लाइसेन्स छापेर दिने अवस्था छैन । त्यसैले एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेका  हौँ । उक्त लाइसेन्स पाउने चालकलाई क्यूआर कोर्ड पनि दिइनेछ,” प्रवक्ता भुसालले भने ।  

Agni Group
NIC Asia

विभागकाअनुसार शुक्रबारदेखि काठमाडौंको एकान्तकुनाको कार्यालयबाट परीषकालीन लाइसेन्स वितरण सुरु भएको छ । विस्तारै अन्य जिल्लाका यातायात व्यवस्था विभागका कार्यालयहरूबाट पनि वितरण गरिने विभागले जनाएको छ । प्रवक्ता भुसाल भन्छन, ‘‘लाइसेन्स लिनका लागि करिब ६ लाख आवेदक पर्खाइमा छन् । लामो समयसम्म विभागले सेवाग्राहीलाई लाइसेन्स वितरण गर्न नसकेको अवस्था छ । यो अवस्थालाई कम कसरी गर्ने भन्नेबारे विभागमा छलफल भइरहेको थियो ।”

यसरी दिइनेछ परीक्षणकालीन लाइसेन्स
विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार वषौँदेखि लाइसेन्स नपाएका चालकहरूले सहजै परीक्षणकालीन लाइसेन्स पाउने छन् । 

Global Ime bank

‘‘आवेदकहरूले ट्रायल पास गरिसकेपछि आवेदकको लाइसेन्स नम्बर प्रिन्टिङ सर्भरमा आउँछ । हामीले एउटा नयाँ एप्लिकेसन बनाएर परीक्षणकालीन लाइसेन्सको डाटा इन्ट्री गर्छाैँ । उक्त तथ्याङ्क इन्ट्री गरिसकेपछि ट्रायल पास गरिसकेको मानिसले राजस्व तिर्छ । त्यसपछि उसको लाइसेन्स प्रिन्ट प्रिभ्यूमा आउँछ । साधारणतया अन्य कागज जसरी हामीले यो परीक्षणकालीन लाइसेन्स प्रिन्ट गर्न सक्छौँ,” उनले भने ।

उनका अनुसार विभागले भदौ २० गतेदेखि बर्दिबासबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु गर्ने तयारी गरेको छ ।

स्मार्ट कार्डको अभावले रोकिएको लाइसेन्स छपाइ नहुँदा कैयौँ चालकहरूले विभिन्न समस्या भोग्दै आएका छन् । कोरोनाले प्रभावित पारेको जनजीवन सामान्य भएसँगै छिट्टै स्मार्ट कार्ड ल्याउने विभागको तयारी छ । 

विभागले काठमाडौं उपत्यकामा यही भदौ २० गतेदेखि सवारी लाइसेन्सका परीक्षा सञ्चालन गर्दैछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu