देश
काठमाडौं । लगातारको वर्षाका कारण गएकाे पहिराेले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडकमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।
राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु रोकिएका छन् । केहीदिन यता मुलुकका अधिकांश स्थानमा पानी परिरहेको छ ।
लगातार पानी परिरहेकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तस्बिर : क्रान्ति दोङको फेसबुकबाट
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८ ०९:०१
प्रतिक्रिया दिनुहोस्